Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध

काठमाडौं । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ।

मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ। अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन्। भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ। काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य अकासिएको हो। थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ। खुद्रामा भने झन्डै ८० प्रतिशतले व्यापारीले आफूखुसी मूल्य थपेका छन्।

थोक आयातकर्ता अर्जुन सिलवालका अनुसार भारतमा उत्पादन भएको प्याज वर्षा र बाढीका कारण नष्ट हुँदा भाउ बढेको हो। ‘बाढी र डुबानका कारण प्याजको भण्डारगृह पनि प्रभावित भएकाले भारतमै अचाक्ली मूल्यवृद्धि भएको छ’, सिलवालले भने, ‘त्यसले गर्दा नेपाली बजार प्रभावित छ।’

आकासियो प्याजको भाउ
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन भएको प्याज झरीले भिजेर बजार आउन सकेको छैन। त्यसको प्रभाव नेपाली बजारमा देखिएको उनले सुनाए। अघिल्लो सिजनमा उत्पादन भएको प्याज थोरै मात्रै भण्डारण गरिएको थियो। त्यही पनि पानीमा भिजेकाले माग अत्यधिक र आपूर्ति कम भएर मूल्य अत्यधिक वृद्धि भएको हो।

भारतका मुम्बई, कोलकाता र चेन्नईलगायत सहरमा प्रतिकिलो ३५ भारु ९५५.८८ नेरु(बाट ८० ९१२७.७२ नेरु) पुगेको छ। महाराष्ट्रस्थित लासल गाउँमा पनि थोक मूल्य ५० भारु ९८० रुपैयाँ नेपाली० पुगेको छ। उक्त ठाउँ एसियाकै ठूलो प्याज बजार मानिन्छ।

नेपालमा प्याज खासै उत्पादन हुँदैन। खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो। काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ। त्यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खु र बानेश्वरमा ३०–३० मेट्रिक टनको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टनको कारोबार हुन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE