मोरङ । विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ ।
विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन् ।
बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि डिपिआर तयार भइसकेकाले दुई वर्षभित्रमा व्यवस्थित बधशाला निर्माण हुने महानगरपालिकाले जनाएको छ ।
बधशाला निर्माण गर्न प्रदेश सरकारको रु पाँच करोड र विराटनगर महानगरपालिकाको रु पाँच करोड गरी रु १० करोड रकमबाट काम थालिने र पछि स्रोत जुटाउँदै जाने महानगरपालिकाको योजना छ ।
नेपालमै नमूना बधशाला निर्माण गर्न हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग एवं सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले जानकारी दिनुभयो ।
बधशाला निर्माण गर्न बोलपत्र आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान परिस्थितिलाई सहज बनाउन र विराटनगरमा कुनै पनि बधशाला नभएको कारण उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई निर्मूल पार्न व्यवस्थित बधशाला निर्माण गर्न लागेको बताए ।
उहाँले एउटा सुन्दर शहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: