Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

मदिरा बिक्रीमा भारी गिरावट, उद्योग जति मारमा

काठमाडौं। चालु आर्थिक वर्ष मदिरा बिक्रीमा भारी गिरावट आएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मदिरा बिक्रीबापत उठाइने अन्तः शुल्क पनि घटेको छ। अघिल्लो आवको सुरु दुई महिनाको तुलनामा चालु आवको यसै अवधिमा अन्तः शुल्क २१ प्रतिशत घटेको विभागले जानकारी दिएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ -न्तरिक राजस्व कार्यालयले मुलुकभित्र हुने मदिरा र बियर बिक्री तथा उत्पादनबापतको अन्तःशुल्क संकलन गर्छ। यसबाट मदिराको बिक्री वा उत्पादनमा कमी आएको स्पष्ट हुन्छ। विभागका अनुसार यस अवधिमा दुई अर्ब रुपैयाँको मदिरा उत्पादन तथा बिक्री भएको भएको छ। यस्तै, तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको बियर मात्रै उत्पादन तथा बिक्री भएको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा मदिराबाट दुई अर्ब ५३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको थियो। २०७४/७५ मा मदिराबाट दुई अर्ब २६ करोड अन्तःशुल्क उठेको थियो। चालु आवमा मदिराबाट दुई अर्ब रुपैयाँमात्र अन्तःशुल्क संकलन भएको छ। अघिल्लो आवमा बियर पनि तीन अर्ब ६७ करोड रुपैयाँको बिक्री भएको थियो। यसपालि १ प्रतिशतले मदिराको अन्तःशुल्क घटेको छ। २०७४/५ को दुई महिनाको तुलनामा २०७५/७६ मा बियरबाट संकलन हुने अन्तःशुल्क ६१ प्रतिशतले बढेको थियो।

यस अवधिमा सरकारले अन्तःशुल्कबापत १४ अर्ब ६० करोड रुपैयाँ बराबरको लक्ष्य लिएको थियो। यद्यपि, ११ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन भएको छ। लक्ष्यको तुलनामा ३० प्रतिशत कम अन्तःशुल्क कम भएको छ। मदिरातर्फको अन्तः शुल्कमा आएको गिरावटले लक्ष्यअनुसारको अन्तःशुल्क संकलन नभएको तथ्यांकले देखाउँछ।

नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीका अनुसार मदिराको कच्चा पदार्थमा भएको उच्च वृद्धिले आन्तरिक उत्पादनका मदिराको मूल्य वृद्धि भएको छ। मानिसको क्रयशक्तिभन्दा महँगो भएपछि मदिराको उत्पादन तथा बिक्रीमा कमी आएको उनले बताए। यस्तै ८० प्रतिशतले कच्चा पदार्थको आयात महँगिएपछि त्यस्ता उद्योग बन्द भएका छन्।

यस्तै वाइन उद्योग पनि बन्द रहेको उनले बताए। करिब ४०को हाराहारीमा वाइन उद्योग छन्। केसीले भने, ‘कच्चा पदार्थ महँगिएपछि उपभोक्ता घरेलु रक्सी किन्न थालेका छन्। अन्तःशुल्कमा भएको वृद्धिले आयातित रक्सी तथा उद्योगबाट उत्पादित रक्सी महँगिएका छन्। होटल, लजमा समेत घरेलु रक्सीको प्रयोग बढ्दो छ।’

आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनले निर्धारण गरेको ईएनए मापदण्डका कारण मदिरा उद्योग मारमा परेका व्यवसायी बताउँछन्। यसका कारण राजस्व असुलीमा प्रभाव पर्न थालेको हो।

व्यवसायीले भने दसैं अघि नै राजपत्रमा सूचना प्रकाशन गर्न लबिङ गरिरहेका छन्। चालु आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आन्तरिक राजस्व कार्यालयले प्रतिएक सय किलो अन्नबाट ४२ लिटरको ईएनए हिसाब गरेर राजस्व उठाउन थालेको थियो। मदिरा उद्योगीका अनुसार एक सय किलो अन्नबाट बढीमा ३५ लिटरमात्र ईएनए उत्पादन हुन्छ। जेठ १५ मा बजेट सार्वजनिक भएपछि आर्थिक ऐनको व्यवस्था देखेर व्यवसायी हच्किए। ईएनएको राजस्वको दर निकै चर्को छ। त्यसका कारण कतिपय मदिरा उद्योग टिक्न नसक्ने अवस्थामा पुगेका हुन्।

३५ लिटर ईएनए उत्पादन गरेर हुँदै नभएको थप ७ लिटरको अतिरिक्त अन्तःशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट) र त्यसबाट कम्पनीको आयमा देखिने आयकरसमेत तिर्नुपर्ने भएको छ। एक लिटर ईएनएको कारखाना मूल्य ९० रुपैयाँ छ। यसमा ६५ रुपैयाँ अन्तःशुल्क लाग्दा १५५ रुपैयाँ भयो। यसमा पनि १३ प्रतिशत भ्याट लगाउँदा १७५ रुपैयाँ १५ पैसा हुन्छ। नयाँ मापदण्डपछि धेरै उद्योगले उत्पादन बन्द गरेका छन्। सरकारले यथार्थ अध्ययन नै नगरी मापदण्ड परिमार्जन गरेर राजस्व गुमाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE