Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

उपचुनावः दोहोरिएला वाम गठबन्धनको राप ?

काठमाडौं । विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन ।

तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बन्यो । तीन दलको गठबन्धन दुईमा झ¥यो । क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनमार्चाका टेकबहादुर घर्तीको निधन भएपछि उक्त क्षेत्रमा आउँदो मङ्सिर १४ मा उपचुनाव हुँदैछ । दलहरु आन्तरिक तयारीमा जुटेका छन् । तिहारपछि चुनावी अभियानलाई तीव्र पार्दैछन् ।

उपचुनावको सरगर्मी शुरु भएसँगै विगतको वाम गठबन्धन राप कस्तो होला भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ । वाम दलहरुले आ–आफ्नै तर्क अघि सारेका छन् । गठबन्धन जोगाउने कि तोड्ने भन्नेमा मत विभाजित छ । उपचुनाव केही स्थानमा मात्र हुने भएका कारण निर्वाचन क्षेत्र बाँड्ने सुविधा यसपालि वाम गठबन्धनलाई छैन । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।

वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपचुनाव हुनलागेको हो । प्रदेशसभा सदस्य र वडाध्यक्षमा एक/एक पाउने गरी दुई दलबीच चुनावी तालमेल हुने सम्भावना ज्यादै न्यून छ ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले विगतकै सहमति कायम हुनुपर्ने जिकिर गरे । “दुई दलबीच सहकार्य गरेर चुनावी परिणाम निकालेको हो, विगतको सहमति तोडिएको छैन”, उनले भने, “पाँच वर्षका लागि हाम्रो उम्मेदवार जिताएको हो, अहिले पनि हामीले नै पाउनुपर्छ”, उनले भने ।

नेकपासँग घनिभूत ढङ्गको छलफल हुन बाँकी नै रहेको र राष्ट्रिय जनमोर्चाकै उम्मेदवार स्वीकारेर जाने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष थापाको भनाइ छ । “गठबन्धनका विषयमा दुवै दलका केन्द्रीय नेतृत्व बसेर उपयुक्त निर्णय गर्लान्”, उनले भने, “हामी पनि माथिको निर्णय पर्खेर बसेका छौँ ।”

गएको संसदीय चुनावमा पनि तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका शीर्षस्थ नेता बसेर उम्मेदवारको भागबण्डा मिलाएका थिए । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, २ मा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो ।

नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले गठबन्धन र उम्मेदवारबारे पार्टी केन्द्रले नै निर्णय गर्ने बताए । “हाम्रा साथीहरुको कुरा एक्लै जितिन्छ भन्ने छ, राष्ट्रिय जनमोर्चासँग पनि राम्रो उम्मेदवार छैन”, उनले भने, “सुझाव तलबाट लिएर माथिबाटै निर्णय हुन्छ ।”

उनले प्रसङ्ग चल्दा कुराकानी भए पनि उपचुनावलाई लिएर राजमोसँग औपचारिक वार्ता नभएको उल्लेख गरे । अनौपचारिक छलफलका क्रममा राजमोका नेताले नेकपाले उपचुनावमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । काङ्ग्रेस बलियो प्रतिद्वन्द्वी भएका कारण गठबन्धन नबने दुवै वाम दलका लागि जित कठिन हुने कतिपय नेताहरु बताउँछन् ।

नेकपाका स्थानीय नेताहरु भने राजमोलाई सहयोग गरेर जाने कुरामा सहमत छैनन् । नेकपाभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । वाम दल एक्लाएक्लै चुनाव भिडेमा नेपाली काङ्ग्रेसलाई फाइदा पुग्ने एकाथरिको विश्लेषण छ । उपचुनाव हुने क्षेत्रमा काङ्ग्रेसको पनि बलियो पकड छ ।

नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले वाम एकताको भावना जीवितै रहे पनि फरक पार्टीबीच सधैँभरि चुनावी गठबन्धन नहुन पनि सक्ने बताए । “केन्द्रले निर्णय गर्ने हुँदा यसै भन्न सकिने अवस्था अहिले छैन”, उनले भने, “वाम दलसँग मिलेर जाने कुरामा हाम्रो पार्टी सकरात्मक छ ।”

नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपचुनाव हुने अन्य जिल्लामा पनि गठबन्धन बनाएर जाने सम्भावनालाई पनि नकार्न नसकिने नेताहरु बताउँछन् । दुवै दलका केन्द्रीय नेतृत्वबीच सहमति हुँदा बागलुङमा नेकपा या राजमोमध्ये जसले पनि उम्मेदवार पाउन सक्छ ।

गठबन्धन बनाएर चुनाव लड्दा गएको चुनावमा वाम दलले सजिलै जित निकालेका थिए । भारी मतान्तरमा काङ्ग्रेसका उम्मेदवारले हार व्यहोरेका थिए । उपचुनाव हुने क्षेत्र नं २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत पाएका थिए ।

निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो । विरासत जोगाउनबाट चुकेको नेपाली काङ्ग्रेसले त्यसबेला वाम गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको थियो । उक्त क्षेत्रमा हाल मतदाताको सङ्ख्या केही थप भएको छ । उपचुनावका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत चुनावमा ३३ हजार २४० मतदाता थिए ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्र नं २ ९ख० मा ४२ मतदानस्थल छन् । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत वर्ष मङ्सिर २६ गते कमलपित्त रोगबाट ग्रसित भई निधन भएको थियो ।

यस्तै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि हुने उपचुनावका लागि पनि दलहरु आन्तरिक तयारीमा छन् । निर्वाचन क्षेत्र नं २ \"(क) मा पर्ने उक्त वडामा गएको चुनावमा तत्कालीन नेकपा (एमाले) का विष्णुप्रसाद भुसालले ६१४ प्राप्त गरी विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका होसियारसिंह थापाले ३२३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाले ७३ र तत्कालीन माओवादी केन्द्रले जम्मा १० मत पाएको थियो । उक्त वडामा वाम दल एक्लाएक्लै चुनाव लडेका थिए । त्यस वडामा अहिले एक हजार ७७५ मतदाता छन् ।

मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१ गरी कूल ५० पदमा उपचुनाव हुँदैछ । उपचुनावका लागि २१ दल निर्वाचन आयोगमा दर्ता भई चुनाव चिह्नसमेत पाइसकेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending