Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रतिबन्धित जुस बजारमा खुलम्खुला विक्रिबितरण

नेपालगञ्ज । सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवर्द्रधक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो ।

त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हँुदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको भनाइ छ ।

सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवद्र्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको बताए । रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवद्र्धक जुस बजारमा पाइन्छन् ।

सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छभन्दै श्रेष्ठले भने, ‘त्यस्ता पेयपदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व पाइँदैन ।’
खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेयपदार्थ बिक्री भइरहेको बताए । तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उहाँको भनाइ छ ।

निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना खण्ड ६९ सङ्ख्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं १ को प्रकरण ४० ले शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले सरकारले शक्तिबद्र्धक पेयपदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताए । उहाँका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका र्बश्यले बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending