नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन सीले सहयोग गर्छन्
कार्तिक ५ गते, २०७६ मगलवार 22nd October, 2019 Tue११:४६:१४ मा प्रकाशित
काठमाडाैं । २३ बर्षपछिको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल भएको छ । सीको भ्रमणलाई नेपाली जनताले मनमष्तिकबाट अनुमोदन गरिसकेका छन् । नेपाली जनताको मनमुटुछुनेगरी सीले भुपरिवेष्टिक मुलुकबाट भुजडित मुलुक बनाउँछु भनेर नेपालको भावना समेट्ने काम भएको छ । सीले नेपाली जनताले सरहाना गरेका छन् । सीको भ्रमण मुलरुपमा कनेक्टिभिटिमा रहेको छ । चीनसँग जोडिएको विन्भिन्न नाका खुलाएने योजना रहेको छ । अब नेपालमाथि कसैले नाकाबन्दी गर्न नसक्ने अवस्थामा उक्लेको छ । यो सबभन्दा ठुलो उपलब्धी हो । भ्रमणको क्रममा अन्य सहमति पनि भएका छन् । खासगरी नेपालको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा चीनले अनुदान बृद्धि गरेको छ । चीन नेपालको एक असल मित्रराष्ट्र हो । चीनको एक नीतिको सवालमा हामी सचेत छौं । चीनको सुरक्षा संवेदनशिलतालाई नेपाल सचेत हुन आवश्यक छ ।
सहमति कार्यन्वयनमा चुनौति
सम्भावना हुँदाहुँदैपनि नेपाललाई छिमेकीसँग सन्तुलित व्यवहार गरी अगाडि बढ्न चुनौतिहरु छन् । पहिला त सकेसम्म नेपालमाथिको चिनियाँ नीतिलाई असफल बनाउने प्रयास दक्षिणी र पश्चिीमीहरुले गर्ने छन् । उनीहरुको दृष्टिकोणमा चिनियाँ प्रभाव नेपालमा बढेको हुनाले त्यसलाई रोक्नु पर्छ भन्ने छ । चीनको कमजोर ठाउँ भनेको तिब्बत हो । त्याहाँ घोच्नु पर्छ । यसकोलागि उर्भर भूमि भनेको नेपाल हो भन्ने कुरा पश्चिमाहरुले बुझेका छन् । पश्चिमाहरु विखण्डबादी र अतिबादीलाई उचाल्न पर्छ भन्ने कुरामा छन् । यस मामिलामा चीन र नेपालबीच मित्रता नचाहनेहरु नै बढि सक्रिय छन् । तिनिहरुबाट अनुचित दवाव आउन सक्ने, शान्ति सुरक्षालाई खलल पार्न सक्ने सम्भावना बढेको छ ।
बिदेश नीतिमा नेपालले थोरै प्रगति गरेको छ
जहाँसम्म इण्डो– प्यासेफिक कमाण्ड छ । नेपालले सैन्य अभ्यासमा जान हुन्न । र, जान्न पनि भनेको छ । यसको अर्थ नेपाल चीनसँग मात्र ढल्केको छ, भन्न मिल्दैन । हामी इण्डो– प्यासेफिक क्षेत्रमा पनि छौं । यस क्षेत्रका परस्पर सहयोगको वातावरण चाहन्छौं । स्वास्थ्य क्षेत्रको अलबा दक्षिणतर्फ जाने ट्रान्समिसन लानइ विस्तार गर्ने कुरामा अमेरिकाले सहयोग बढाएको पनि छ । यस्ता कुरा राम्रो हो ।
पश्चिमाले नेपाललाई चीनसँग सम्पर्क नबढाउन इण्डो– प्यासेफिक रणनीतिमार्फत आफ्नो प्रभावमा पार्न खोजेको देखिन्छ । दक्षिणतिर प्रसारण लाइनमा लागानी गर्न खोज्नु यसको संकेत हो । नेपाल विदेशीको फुटबल ग्राउण्ड बन्न नदिइ सचेत रहनु पर्छ । सबैसँग सहयोगको हात बढाउन पर्छ । पारिस्परिक सम्बन्ध बढाउने काम गर्नुृपर्छ ।
अहिलेको नेपाल–चीन सम्बन्ध राम्रो मात्र हो । धेरै राम्रो होइन । चिनियाँ रेल नेपाल ल्याउन सकियो त्यस्तो खालको सम्बन्ध कायम हुन्छ । नेपालको उत्तरी क्षेत्र दुई देशबाटनै उपेक्षामा परेको थियो । नकाहरु खोल्नेर उत्तरी क्षेत्रको पनि विकास गर्ने तर्फ यसपालि ध्यान केन्द्रीत भएको छ । त्यो आवश्यक छ ।
उत्तरतिर ट्रान्स हिमालयन कोरिडर बनाउने तर्फ सरकारले सोच्नु पर्छ । दुईपक्षिय सम्झौता कार्यन्वयन भयो भने नेपालको भविष्य राम्रो छ । सीले पनि एकप्रकारले सहमति कार्यन्वयन गर्न संदेश दिएर गएका छन् । त्यो इमन्दारिकपूर्वक कार्यन्वयन गर्नुपर्छ ।
(श्रेष्ठ परराष्ट विद् हुन्)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: