नेपालमा पुष्प व्यवसायमो भविष्य, वर्तमान स्थिति, सरकारको भूमिका कतिको प्रभावकारी छ ? पुष्प व्यवसाय प्रर्वद्धनका चुनौति के छ ? नजिकिदै गरेको तिहारमा आन्तरिक बजारले माग धान्न सक्छ कि सक्दैन ? यसै विषयममा फ्लोरिकल्चर एसोशिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठसँग खबर डबलीकोतर्फबाट गणेश पाण्डेले गरेको कुराकानीको संम्पादित अंशः
नेपालमा व्यवसायीक पुष्प उत्पादनको अवस्था कस्तो छ ?
अहिले फूल व्यवसायमा नेपाल विस्तारै आत्मनिर्भरको बाटोमा छ । १५ बर्ष अघि कुल मागको ४० प्रतिशतमात्र आन्तरिक बजारमा उत्पादन थियो । बाँकी भारतबाट आयत गर्नु पथ्र्यो ।
६० देखि ७० को दशकमा पुष्प व्यवसायमा ठूलोमात्रामा लगानी, प्रविधि भित्रिएको र राजनीतिक स्थिरता कायम भएकोले यस व्यवसायमा सकारात्मक परिवर्तन सम्भव भएको हो । गत बर्षको कारोवारको तुलनामा यस बर्ष लगभग हामी आत्मनिर्भरको बाटोमा पुगेका छौं ।
गत वर्ष साढे दुई अर्बको फूलमाला कारोबार भएकोमा १९ करोडमात्र आयत भएको थियो । यस हिसावले १५ बर्ष भित्र १० प्रतिशतभन्दा तल आयत घटाउन सफल भएका र्छौ । यो फूल व्यवसायमा ठूलो छलाङ हो ।
यतिले मात्र हामी सन्तुष्ट छैनौं । खासगरी एसियाली र खाडि मुलुकमा फूलको अत्याधिक माग रहेको छ । यति ठूलो बजार र अवसर हुँदापनि उत्पादित नेपाली बस्तु निर्यात गर्न सकेका छैनौं ।
विशेषगरी तिहारलाई फूलहरुको चाडपनि भनिन्छ । विगतको तथ्याङक हेर्दा ठूलोमात्रामा फूलमाला भारतबाट आयत गरिएको थियो । यसपालि उपभोक्ताको माग आन्तरिक बजारले धान्न सक्छ कि सक्दैन ?
यसपालिको तिहारमा २५ लाख फूको माग भएको छ । त्यसमध्ये साढे दुई लाखमात्र पुष्प आयत गर्नु पर्छ । बजारमा फूलमाला अभाव भएर उपभोक्ता मारमा नपरोस भनेर सरकारलाई केही प्रतिशत ल्याउनु पर्छ भनेका छौं ।
जम्मा २५ लाख फूलमध्ये सात लाख गोदावरी र मखमली फूलमालाको आवश्यक पर्छ । सो आन्तरिक उत्पादनले पुग्छ । सयपत्री माला १८ लाख आवश्य पर्छ । त्यसमध्ये साढे १५ लाख देशमै उत्पाद हुन्छ । बाँकी साढे दुई लाख माला आयत गर्नुपर्छ ।
मैल व्यवसायीहरुलाई साढे दुई लाख माला आफै व्यवस्थापन गर्नोस भनेको छु । सरकारले साढे दुई लाख माला भन्दा बढि ल्याउन दिनु भएन । साढे दुई लाख भनेको ठाउँमा ५ लाख ल्यायो भने साढे दुई लाख बढि हुन जान्छ । यसले सिधै किसान र उपभोक्तलाई मार पर्छ । यदि किसानलाई बचाउने हो भने सरकारले फूल आयतमा परिणात्मक बन्देज लगाउनु पर्छ ।
तपाईंले थोरैमात्रामा फूलमाला पुग्दैन भनिरहदाँ बजारमा भारतबाट आयातित फूलहरु छ्याप्पछ्याप्ती देखिएन थालेका छन् । यसले नेपाली किसानहरु मर्कामा पर्दैनन् ?
हाम्रा व्यावसायीले बजारमा फूल ल्याएको छैन । गैह्र व्यवसायी जो चाड पर्व विशेषमा झ्वाम्म लगानी गर्ने नाफा उपभोग गरिहाल्ने उन व्यापारी, नुन व्यापारी र सुन व्यापारीले फूल भारतबाट लिएर कोल्ड स्टोरमा राखेका छन् ।
यस्तो अवस्थामा एक चाहिने भन्दा बढि आयो । अर्को समय भन्दा पहिले आएको बस्तु गुणस्तर हुँदैन र उपभोक्ता ठगिन्छ ।
बजारमा माग भन्दा बढि सामान ल्याइसकेपछि किसान पनि ठगिने भए । हामीले जुन व्यवस्थित बजार प्रर्वद्धनको कुरा गरिरहेका छौं, त्यसमा पनि चुनौति दिने भयो ।
यस्ता कुरामा सकारको ध्यान जानु पर्छ । कानून मात्र बनाएर हुँदैन । कार्यन्वयन गर्नुृ पर्छ । सरकारले किसानको हितमा कदम चाल्नु पर्छ । सीमित ल्याउ भन्दा भन्दै जति पनि ल्याउन दिने । यो त सरासर खुल्ला सीमाको दुरुपयोग हो । भारतले गर्नु हुने नेपालीले गर्न नहुने यस्तो पनि हुन्छ ।
नेपालमा पुष्प व्यवसाय आत्मनिर्भर हुन नसक्नुका कारणहरु के के हुन् ?
वि.सं २०६९ सालमा पुष्प प्रवद्धन नीति सरकारले ल्याएपछि ५ बर्षको लागि कार्ययोजना बनाएर कार्यन्वयन गर्न सरकारी र निजि क्षेत्रबीच सहमति भएको थियो । लागानी प्रर्वद्धन, उत्पाद, वितरण तथा बजार व्यवस्थापनमा स्पष्ट खाका, मार्ग दर्शन बनाएको थियो ।
दुर्भाग्यनै भन्नुपर्छ सरकार संचालन गर्ने सरकारी कार्मचारीहरुको पुराने मानसिकता, पुरानो माइडसेटिङका कारण योजना अनुसार काम हुन सकेन । सरकार पुष्प व्यवसाय प्रर्वद्धनमा उदासीन भयो ।
पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउन सरकार र निजि क्षेत्रको भूमिका कस्तो रहेको छ ?
हाम्रो निरन्तर प्रयास र दवावको कारण ग्रिन हाउसका संरचनाहरु उच्चस्तरी निर्माण गर्यौं । किसानलाई आकर्षित गर्न सरकरी क्षेत्रले ६५ र निजि क्षेत्रले ३५ प्रतिशत लगानी गरी झण्डै ५० हजार ग्रिन हाउस निर्माण भयो ।
यसबाट उत्पादकत्व र उत्पादन बृद्धि भएको छ । गुणस्तरीय बस्तु उत्पादन भएको छ । यसकै प्रतिफल उत्पादित बस्तुहरु बजारमा आउने काम शुरु भएको छ । यो कार्यक्रम निरन्तर हुनुपर्छ ।
फेव्रुअरी १४मा भ्यालेन्टाइ डेमा नेपालीहरुले स्वदेशी गुलाफको फूल प्रयोग गर्न पाएका थिएन । गत वार्षदेखि प्रयोगमा आएको छ । पहिले १०० प्रतिशत फूल भारतबाट आउँथ्यो । अहिले २५ प्रतिशत नेपालमा उत्पादन हुन्छ । अब उत्पादन र उत्पादकत्व बढाउन सरकारले सुक्ष्मरुपले अध्ययन गर्नुपर्छ ।
पुष्प व्यवसायलाई प्रर्वद्धन गर्न सरका नीतिगरुपमा चुकेको की कार्यन्वयनमा चुकेको हो ?
पुष्प व्यवसायलाई प्रर्वद्धन गर्न सरकारको नीतिगत कमजोरीभन्दा पनि कार्यन्वयमा त्रुटि देख्छु । सरकारले कार्यक्रम पनि आफै डिजायन गर्ने, कार्यन्वयन पनि आफै गर्ने र अनुगमन पनि आफै गर्दा कसरी उत्पाद बृद्धि हुन्छ ? सन् १९९५ देखि सरकारको पँच बर्षिय योजना निरन्तर छ । हाम्रो राय सूझाव केही पनि सुनिदैन अनि परिणाम कसरी आउँछ ?
सरकारले खास खाका बनाएर, त्यसलाई बाध्यकारी कार्यन्वयनमा ध्यान दिनु पर्छ । टार्गेट ओरिन्टेड भएन । उत्पादित लक्ष्य हाँसिल गर्न नसक्नेलाई दण्डको व्यवस्था हुनुपर्छ । त्यसलाई अर्को बर्षदेखि अनुदान रोक्का गर्नुपर्छ ।
तपाईको विचारमा सरकाले पुष्प व्यवसाय प्रर्वद्धनकोलागि चाल्नुपर्ने कदम के के हुन् ?
नेपालमा गुणस्तरीय बस्तु उत्पादनकोलागि सरकारले किसानलाई तालिम दिनु पर्छ । पुष्प ब्यवासायको विकास गर्न सरकारले लगानी गरेको छैन । सरकारले पुष्प ब्यवसायको नाममा लप्सी ब्यासाय गरी रहेको छ । यसलाई पूर्णरुपमा पुष्प विकास केन्द्र बनाउनु पर्छ ।
सरकारले पुष्प विकास केन्द्रलाई कर्मचारी भर्तिकेन्द्र बनाउनु भएन । निजि क्षेत्रलाई समेत विश्वासमा लिएर एउटा शक्तिशाली एक्सटेसन केन्द्र बनाउन पर्छ ।
पुष्प व्यवसायी संघसँग धेरै लामो अनुभव छ । तथ्याङक छ । त्यो सम्पक्तिलाई सरकाले परिचालन गर्नु पर्छ । सात प्रदेशमा पुष्प व्यवसायी केन्द्र स्थापना गर्नु पर्छ । हामीसँग भएको क्षमतालाई प्रयोग गर्नु पर्छ ।
पुष्प ब्यवसायमा युवाहरुलाई आकर्षित गर्न सरकारले कस्तो कदम चाल्नु पर्छ ?
कुन कुन ठाउँमा कुनकुन पुष्पको सम्भावना छ, त्यसलाई पकेट क्षेत्र निर्धारण गर्नुपर्छ । कार्यन्यनको लागि सरकारले आफ्ना संयन्त्र प्रयोग गर्नुपर्छ । पुष्प सम्भावना बोकेको एउटा बैकल्पिक व्यवसाय हुन सक्छ । स्थानीय बजार मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि प्रचुर सम्भावान बोकेको छ । यसमा सरकाले निर्यातकोलागि राजमार्ग खोल्नुपर्छ । यति हुन सक्यो भने आयत प्रतिस्थापन हुन्छ र निर्यात प्रवद्धन हुन्छ ।
नत्र भने सरकारको समृद्ध नेपाल, सुखि नेपालीको सपना पुरा हुन सक्दैन । अन्य व्यवसायीको तुलनामा पुष्प व्यवसायी केही माथि छन् । युवाहरु यो व्यावसायमा आकर्षित छ । अबको युवाहरु डोको बोकेर खेतबारीमा जादैनन् । सरकारले युवाहरुलाई झोलामा बोत्तलमा मल बोकेर जाने व्यवस्था मिलाउनु पर्छ । प्रविधिमा लागानी गर्नुु पर्छ । यान्त्रिकी करण हुनु पर्छ । अनुदान दिनु पर्छ । टनेल बनाउनु पर्छ । सिँचाइका व्यवस्था मिलाउनु पर्छ ।
प्रतिकृया लेख्नुहोस्: