सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेका छन् । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।
राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाएको हो । हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा ९कफ्र्यु० पनि निस्प्रभावी भएपछि गत शनिबारदेखि त्यस्ता निषेधाज्ञाहरु पनि हटाइएका थिए ।
एक दशकयताकै सर्वाधिक ठूलो नागरिक विद्रोहका कारण मुलुकमा अस्थिरता र हिंसा बढेको भन्दै गत साताभर सरकारले आपतकाल र निषेधाज्ञा जारी गरेको थियो ।
सार्वजनिक यातायातमा भाडा वृद्धि भएको भन्दै विद्यार्थीको विरोधबाट शुरु भएको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । अहिले यो आन्दोलन सरकारको नियन्त्रण बाहिर पुग्नुका साथै केही व्यक्तिको मृत्यु समेत भएको छ ।
राष्ट्रपतिको ट्वीटरमा देशका विभिन्न भागमा लगाइएका आपतकाल र निषेधाज्ञा तत्काल हटाउने उल्लेख छ । निषेधाज्ञा लागू गरेसँगै देशका विभिन्न भागमा २० हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको थियो ।
राष्ट्रपति पिनेराले नयाँ सरकार गठन गर्नेगरी मार्गप्रशस्त गर्न वर्तमान मन्त्रिमण्डलका सबै सदस्यलाई राजिनामा गर्न आग्रह गरेलगत्तै आपतकाल हटाउने निर्णय सार्वजनिक भएको हो । पिनेराले शनिबार आफूहरु नयाँ सोचका साथ अघि बढ्न चाहेको बताउँदै एक साताअघिको भन्दा अहिलेको चिली बिल्कुलै भिन्न भइसकेको बताउनुभयो ।
तर राजधानी सान्टियागोबाट करिब १२० किलोमिटर पश्चिमको भाल्पाराइसोमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शन उत्रिएका छन् । भाल्पाराइसोका मेयर जोर्ज शार्पले यो आन्दोलन शान्तिपूर्ण र रचनात्मक रहेको बताए ।
यस प्रदर्शनमा झण्डै १ लाख मानिस सहभागी भएका थिए । प्रदर्शनका क्रममा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच छिटपुट सामान्य भिडन्तका घटना भएका थिए ।
प्रदर्शनकारीले अहिले आर्थिक र राजनीतिक सुधारको कार्यसूची अघि सार्नुका साथै राष्ट्रपति पिनेराको राजिनामा मागिरहेका छन् ।
आगामी नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च ९एपेक० को व्यापार सम्मेलन पनि हुँदैछ । प्रदर्शनका कारण यो सम्मेलनलाई असर पार्ने सम्भावना व्यक्त भइरहेका बेला सरकारले भने उक्त सम्मेलन निर्धारित मितिमै हुने स्पष्ट गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: