पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फत जिल्लामा हालसम्म करिब २८५ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
पूर्वाधार कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंहका अनुसार प्रदेश सरकारको बजेटमार्फत मात्रै ग्रामीण क्षेत्रमा करिब ६० किलोमिटर सडक कालोपत्र गरिएको छ। उनका अनुसार बहुवर्षीय आयोजनाहरू सम्पन्न हुँदै जाँदा ग्रामीण बस्तीहरू सडक सञ्जालमा क्रमशः जोडिँदै गएका छन्।
प्रदेश सरकारबाट लखुवादोभान–मौवा १५ किलोमिटर, यासोक–तमोर करिडोर १३ किलोमिटर, फिदिम–फालोट १० किलोमिटर, लुम्फाबुङ–नवमीडाँडा १४ किलोमिटर र फिदिम–रानीटार ७.५ किलोमिटर सडक कालोपत्र गरिएको छ।
त्यस्तै, मेची राजमार्गको पाँचथर खण्ड ८९ किलोमिटर, तमोर करिडोर ५१ किलोमिटर र मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटर सडक कालोपत्र भइसकेको छ। सडक डिभिजन इलामले यासोक–उत्तरे १२ किलोमिटर र दशमी–आरुबोटे १२.२ किलोमिटर सडक कालोपत्र गरेको छ।
फिदिम–फालोट सडकअन्तर्गत नागिन–सिदिन–प्राङबुङ २५ किलोमिटर र मायालु मोड–नवमिडाँडा १५ किलोमिटर सडक पनि आरसीआईपी परियोजनामार्फत कालोपत्र गरिएको छ।
स्थानीय तहका बासिन्दाले कालोपत्र सडकले आवागमन, कृषि उत्पादन ढुवानी तथा बजार पहुँच सहज भएको प्रतिक्रिया दिएका छन्। कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले सडक विस्तारसँगै विकासका अन्य गतिविधि सञ्चालन गर्न पनि सहज भएको बताए।
तर केही योजनाहरूमा भने ढिलाइ भइरहेको देखिएको छ। जोरपोखरी–काउले–मेमेङ सडकको १२ किलोमिटर मात्र कालोपत्र भए पनि इन्धन मूल्य वृद्धिका कारण काम प्रभावित भएको छ। उक्त सडकलाई ३० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार ठेक्का लागेका सबै सडक सम्पन्न भए पाँचथरको सडक पूर्वाधारले उल्लेख्य फड्को मार्नेछ। तर पछिल्लो वर्ष संघ र प्रदेश सरकारले थप कालोपत्र सडकका लागि पर्याप्त बजेट नछुट्याएको पनि देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: