इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो ।
महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिए । महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदशर्न गरिने उनले बताए ।
“केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, अध्यक्ष लिम्बूले भने, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।”
महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्”, अध्यक्ष लिम्बूले भने । उनका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ ।
धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताए ।
महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथिमकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउछन् । च्याब्रङ नाच (केःलाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (केःलाङ) मा परिवेशअनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुल् प्रयास गर्दै आएका छन् । यद्यपी, राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: