Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मनाङको ‘अर्गानिक’ स्याउ काठमाडौंमा

काठमाडौं । मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको व्यवसायीक कारोबार काठमाडौंमा पनि सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको स्याउको दशैंको घटस्थापनाबाट काठमाडौँमा व्यवसायीक कारोबार सुरु भएको हो ।

‘हिमालयन फ्रेस’ ब्राण्डको मनाङको स्याउ काठमाडाैंमा जिके एण्ड सन्स एग्रो प्रा.लि.ले आधिकारिक रुपमा बिक्री सुरु गरेको हो । जिकेले मनाङ अर्गानिक स्याउको व्यवसायीक कारोबार सुरु गरेको एक महिना पूरा भएको छ । यसले काठमाडौँको सिता पाइलामा ‘कोल्ड स्टोर’ पनि संचालन गरेको छ । मनाङबाट आइपुगेको स्याउ स्टोरमा राखेर मागअनुसार बजारमा पुर्याउने गरेको छ । जिकेसँग लिएर काठमाडौँमा भाटभटेनी, बिगमार्टलगायत डिपार्टमेन्ट स्टोरहरुले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् ।

जिके ‘हिमालयन फ्रेस’ स्याउको नेपालकै एकमात्रै आधिकारिक बिक्रेता हो । जिकेले एक महिनाको अवधिमा काठमाडौँमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए । उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक एकलाख रपैयाँको स्याउ बिक्री भइरहेको छ भने मागअनुसार घरघरमै पुर्याउने व्यवस्था गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा उत्पादन भएको, कुनैपनि विषादी प्रयोग नभएकोले स्याउको माग सोचेभन्दा राम्रो भएको चालिसे बताउँछन् । “हामीले दशैंको घटस्थापनाको दिनदेखि व्यवसायीक रुपमा काठमाडौँमा बिक्री सुरु गरेका हौं । छोटै समयमा बजारबाट राम्रो माग आएको छ, यो हामीले सोँचेभन्दा सन्तोषजनक छ” उनले भने । समुन्द्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाईमा उत्पादन भएकोले बजारमा आउने अन्य स्याउभन्दा रसिलो र स्वादिलो हुने भएकोले माग बढेको चालिसे बताउँछन् ।

मनाङमा केही स्याउ अझै टिप्न बेला नभएको भन्दै चालिसेले अहिले तीन जातीको स्याउ आफूसँग भएको बताए । उनको स्टोरमा फुजी, गाला र गोल्डेन गरी तीन जातका स्याउ छन् । फुजी अझै टिप्ने समय नभएकोले मागअनुसार मात्रै मगाउने गरेको उनको भनाई छ । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक स्याउको स्वाद लिएकाहरुले माग गर्ने गरेको चालिसे बताउँछन् । उनलका अनुसार काठमाडौँमा रहेका बौद्ध गुम्बामा स्याउको माग बढी छ । चिनियाँ वा तिब्बती पर्यटकहरुले समेत अत्याधिक मन पराएका छन् । उनीहरुको माग पनि दिनदिनै बढिरहेको छ ।

नेपालमा उत्पादन हुने स्याउ ‘ग्रेडिङ’ नगरी बजारमा ल्याउने गरिएपनि मनाङ एग्रोले भने सबै स्याउको साइजअनुसार ग्रेडिङ गरेको छ । त्यहीअनुसार मूल्य निर्धारण गरिएको छ ।

भाटभटेनी, बिगमार्टले जिकेको स्टोरमै पुगेर ठूलो परिणाममा स्याउ उठाउँछन् । त्यस्तै मागअनुसार जिकेले आफै पनि सेवा दिने गरेको छ । बजार प्रमुखसहितको जनशक्ति त्यसको लागि खटिएको छ । अहिले जिकेले काठमाडौँमा रहेको बौद्ध गुम्बाको साथै कलंकी, जडीबुटी, बुद्धनगरलगायतका क्षेत्रमा पनि स्याउ पुर्याउँदै आएको छ ।

त्यस्तै पहिले दशैं तिहारमा कर्मचारीहरुलाई मिठाई बढ्थे चलन थियो । तर, यसपटक भने केही बैंक र सरकारी कार्यालयहरुले दशैंमा कर्मचारी तथा साथीहरुलाई मनाङको स्याउ बितरण गरेका थिए । अझैं तिहारको लागि भन्दै माग भइरहेको छ । त्यसको लागि बैक तथा अन्य कार्यालयले सिधैं जिकेसँग सम्पर्क गरिरहेका छन् । “स्वास्थ्यका दृष्टिले मिठाईभन्दा अर्गानिक स्याउ धेरै फाइदा हुने भएकोले केही बैंक तथा अन्य कार्यालयहरुले हामीसँग सम्पर्क गरिरहेका छन् । उनीहरुले थोक मूल्यमै स्टोरबाटै उठाउँछन्” जिकेका मार्केटिङ प्रमुख बिरेन्द्रले बताए ।

जिकेले नेपालमात्रै नभएर कतार, मलेसिया र दुबईमा हिमाली फ्रेस ब्राण्डको स्याउ पुर्याउने तयारी गरिरहेको छ । “नेपालमा सिजन नभएको बेला हामीले कतार, मलेसिया र दुबईमा पुर्याउने तयारीमा छौं । उताका व्यवसायी साथीहरुसँग कुरा भइरहेको छ । उनीहरुको माग ठूलो परिणाममा छ, त्यो अनुसार हामीले पुर्याउन सक्छौं की सक्दैनौ भन्नेमा हामी छलफल गरिरहेका छौं” चालिसेले भने । उनले कतारमा हुन लागेको विश्वकपमा समेत नेपाली स्याउ पुर्याउने तयारी भइरहेको छ ।

एग्रो मनाङले भार्ताङमा ७३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष थप एकलाख स्याउका विरुवा रोप्ने तयारी भइरहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies