नेतृत्व असफल बनाउन भित्रकै साथीहरु लागे, यसरी पार्टी सफल हुँदैन
कार्तिक १५ गते, २०७६ शुक्रवार 1st November, 2019 Fri०८:१९:२४ मा प्रकाशित
दुई पटकसम्म भएको जागरण अभियानमा हामीले पार्टीको विचार, दृष्टिकोण, राज्यपक्षबाट भएको संथागत भ्रष्टचारलगायतको विषयमा धारणा राख्योैं । पुषदेखि वडावडा तहमा जागरण अभियान लिएर जादै छौं । यसले पार्टीका नेता तथा कार्यकर्तामा उर्जा थपेको छ । साथीहरु सक्रिय बन्नुभएको छ ।
जहाँसम्म भातृसंगठनको सबाल छ । पहिला–पहिला भातृसंगठनको ५/७ वर्षसम्म अधिवेशन नहुने अवस्था थियो । अहिले यसको अन्त्य भएको छ । नेविसंघले समयमा अधिवेशन गर्न नसेकोले विधान अनुसार स्वत भंग भएको हो । यसले छिट्टै पूर्णता पाउँछ ।
पार्टी सभापतिले सबैको सहमतिबाट विभाग गठन गर्न खोज्दा साथीहरुको असहयोगको कारणले केही ढिला भएको छ । भातृसंस्थाहरुलाई सक्रिय बनाउन केही ढिला भएपनि पार्टीको सक्रियाता व्यापक बढेको छ ।
संघीय संरचनामा जान कांग्रेस तत्काल अधिवेशन गर्न गइरहेको छ । अल्पकालिन विकल्पको लागि मात्र यस्तो व्यवस्था गरेको हो । अरु पार्टीमा सभापतिको भरमा क्षेत्रको संयोजक तोकिरहेको छ । हामी त्यस्तो गर्दैनौं । अधिवेशनबाट आएका निर्वाचित सदस्यमध्येबाट एउटा निश्चित कार्यविधिको आधारमा जिम्मेवारी तोकेको छौं । सबैको सहमतिको आधारमा जिम्मेवारी तोकेको हो । विभागहरु गठनमा ढिलाइ भएको यो सत्य हो ।
सभापति ज्यूले दशैंतिहारसम्ममा विभागहरु गठन गरिसक्ने आकांक्षा राख्नु भएको थियो । तर, पार्टीभित्र केहि साथीहरुको असहयोगका कारण ढिलाई भएको छ । नेतृत्वलाई असफल बनाउन भित्रकै साथीहरु लाग्नुभएको छ तर, छिट्टै सबैको कुराको निकास नेतृत्वबाट आउँछ । विभागहरुले पनि छिट्टै पूर्णता पाउँछन् । यसभन्दा अघि कायम रहेको जिल्लादेखि वडासम्मका संरचनाहरु निर्देशिका बनाइ नयाँ संरचनाअनुसार समायोजन प्रकृया अघि बढि सकेको छ ।
गाउँपालिका र नगरपालिकाको हकमा कार्तिकसम्म बनिसक्छ । र, छिट्टै महाधिवेशनका प्रक्रिया शुरु हुन्छ । विधानको व्यवस्था अनुसर तलदेखि माथिसम्म नेतृत्व चयन हुन्छ । त्यसकारण अरु दलको तुलनामा हामी लोकतान्त्रिक छौं ।
गत चुनावमा हाम्रो मत सर्वेक्षण बढेपनि कम्युनिष्टहरु तथा मधेश केन्द्रित दलहरु धुव्रिकरण हुने परिस्थितिले हामीले निर्वाचन हारेको हो । तर, अहिले सरकारको गतिविधिका कारण जनता आक्रोशित छन् । देशमा महंगी बढेको छ । भ्रष्टाचार बढेको छ । संविधान नियम कानूनलाई पुरै लत्याइएको छ । यसले गर्दा जनता काँग्रेस चाहिन्छ भन्ने स्थितिमा पुगेको छ ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: