Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

टेक रेस्ट पीएम !

काठमाडाैं । प्रधानमन्त्री तथा सत्तारूढ दलका अध्यक्ष केपी शर्मा ओलीले शनिवार अपरान्ह बालुवाटारमा बसेको सचिवालय बैठकमा आफ्नो मृगौलाले राम्रोसँग काम नगरेको र अब नियमित डायलासिस वा पुनः प्रत्यारोपणमा जाने जम्मा दुई विकल्प बचेको ब्रिफिङ गरे ।

सार्वजनिक रूपमा या पार्टीको नियमित बैठकमा प्रायः जसो आफू ठीक छु भन्ने प्रधानमन्त्रीले शनिवारको सचिवालय बैठकमा आफूलाई गम्भीर समस्या रहेको स्वीकारे । उनी बैठकमा ढिलो गरी आएका थिए भने करीब १ घण्टा बसेर आरामकक्षमा गए ।

ओलीले आफू सिकिस्त नरहेको दाबी गरेपनि उनको अनुहार सामान्यभन्दा बढी सुनिएको बैठकमा सहभागी एक सचिवालय सदस्यले खबरडबलीसँग खुलासा गरे । ‘उहाँ ढिलो गरी बैठक कक्षमा आउनुभयो र छिटै आराम गर्न जानुभयो,’ उनले भने, ‘बोली केही बसेको जस्तो सुनिएको थियो भने अनुहार अलि सुन्निएको जस्तो देखिएको थियो ।’  

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिका बारेमा जानकारी गराएपछि बैठकमा उपनिर्वाचनसम्बन्धी केही छलफल भयो । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने र चुनाव जित्ने रणनीति तय गर्न भनी बसेको सचिवालय बैठकमा सामान्य छलफल मात्र भएको थियो ।

उपनिर्वाचनसम्बन्धी थप निर्णय आइतवार बस्ने सचिवालय बैठकले गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली आफ्नो चिकित्सक टोलीको नियमित निगरानीमा छन् । उनलाई अर्को चरणको डायलासिस गर्न लैजाने तयारी गरिएको छ । यसअघि बुधवार ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो ।

विकल्पका बारेमा के भन्छन् मृगौला रोग विशेषज्ञ ?

यसअघि प्रधानमन्त्री ओली मृगौलाले राम्रोसँग काम नगरेपछि दुईपटक उपचारका लागि सिंगापुर गइसकेका छन् । गत साउन १८ गते पहिलोपटक सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल गएका प्रधानमन्त्री ओली १० दिनको उपचारपछि साउन २७ गते नेपाल फर्केका थिए ।

त्यसको करीब १० दिनपछि भदौ ५ गते पुनः सिंगापुर उडे प्रधानमन्त्री ओली । त्यतिबेला उनको प्लाज्मा फेरोसिस गरिएको थियो । प्लाज्मा फेरोसिस उपचार प्रक्रियामा रगतमा रहेको एन्टीबडी हटाउने काम गरिन्छ । उपचारपछि प्रधानमन्त्री ओली २० गते नेपाल फर्के ।

गत बुधवार शरीर अचानक सुन्निएपछि प्रधानमन्त्री ओलीलाई धापासीस्थित ग्राण्डी अस्पताल लगियो । अस्पताल स्रोतका अनुसार उनको रगतको प्रारम्भिक परीक्षणपछि सामान्य मानिसमा पाइने भन्दा सात गुणा बढी क्रीएटनीन भएको पत्ता लाग्यो । डाक्टरहरूले तुरुन्त डायलासिस गर्नुपर्ने बताए । र पहिलो चरणको डायलासिस गरियो ।

प्लाज्मा फेरसिस प्रक्रियाबाट रगतमा एन्टीबडी सफा गरेपछि पनि प्रधानमन्त्री ओलीको शरीरले निरन्तर एन्टीबडी उत्पादन गरिरह्यो । डाक्टरहरूका अनुसार एन्टीबडीले शरीरमा रहेका बाह्य वस्तुलाई हटाउने प्रयास गर्छ । १२ वर्षभन्दा अघि प्रत्यारोपण गरेको मृगौलाले एन्टीबडीकै कारण काम गर्न सक्दैन । मृगौलाले काम गर्न नसकेपछि रगतमा क्रीएटनीनको मात्रा बढेर जान्छ ।

मृगौला रोग विशेषज्ञ डाक्टर वर्षा श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिंगापुरमा प्लाज्मा फेरसिस पद्धतिबाट गरिएको उपचार पूर्ण रूपमा असफल भएको भन्न सकिने टिप्पणी गरेका छन् । ‘उहाँका लागि अब जम्मा दुई विकल्प बचेका छन्,’ श्रेष्ठले भने, ‘कि त नियमित डायलासिस गर्नुपर्छ नत्र भने पुनः प्रत्यारोपणमा जानुपर्छ ।’

तर डाक्टर श्रेष्ठले भनेजस्तो मृगौला पुनः प्रत्यारोपण बढी जोखिमयुक्त हुन्छ । युएस नेसनल लाइब्रेरी अफ मेडिसिनले गरेको एक अध्ययन अनुसार पहिलोपटक मृगौला प्रत्यारोपण गर्दा शरीरले अस्वीकार गर्ने सम्भावना ३० प्रतिशत मात्र हुन्छ भने दोस्रोपटक प्रत्यारोपण गर्दा शरीरले अस्वीकार गर्ने सम्भावना ९० प्रतिशत भन्दा बढी हुन्छ ।

प्रधानमन्त्री ओलीको पहिलोपटकको मृगौला प्रत्यारोपण पूर्णरूपमा सफल भएको थियो । दोस्रो प्रत्यारोपणमा के हुन्छ यसै भन्न सकिँदैन ।

प्रत्यारोपणमा बढी जोखिम देखिने भएपछि नियमित डायलासिस भरपर्दो विकल्प हुन सक्ने देखिन्छ । नियमित डायलासिस हप्ताको ३ पटक गर्नुपर्छ । एक पटकको डायलासिसका लागि ३ देखि ५ घण्टा लाग्छ भने केही समय तयारी र केही समय आरामका लागि छुट्याउनुपर्छ । यसबाट सरकारको बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीको दैनिक कार्यसन्चालनमा ठूलो प्रभाव पर्छ ।

टेक रेस्ट पीएम !

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका कतिपय प्रयोगकर्ताले प्रधानमन्त्री ओलीले अब आराम गर्नुपर्ने सुझाव दिन थालेका छन् । लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन यापन गरेका प्रधानमन्त्री ओलीले विशेष गरेर भारतीय नाकाबन्दीका बेला जनतालाई ठूलो हिम्मत र ढाडस दिएका थिए ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा नाकाबन्दीविरुद्ध दह्रो अडान लिएका कारण लोकप्रिय बने । यही कारणले पार्टीले चुनाव जित्यो र उनी पुनः प्रधानमन्त्री बने । दुई ठूला पार्टी तत्कालीन एमाले र माओवादी एकीकरण भइसकेपछि सरकारको शक्ति दोब्बर भयो । उनको दोस्रो कार्यकालमा कतिपय राष्ट्रिय महत्त्वका परियोजनाहरू संचालन भइरहेका छन् भने देशलाई समृद्धिको दिशातर्फ लैजान सरकारले उल्लेख्य काम गरिरहेको छ ।

गत भदौ १८ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई आराम गर्न सुझाव दिएका थिए । ‘संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन,’ थापाले भनेका थिए, ‘डे टू डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन । यसकारण प्रधानमन्त्रीले आराम गर्नुपर्छ ।’

तर प्रधानमन्त्रीले आराम लिने कुरा त्यति सहज छैन । उनी पार्टीका अध्यक्ष र प्रधानमन्त्री दुवै हुन् । यसका लागि पार्टीभित्र गहन र घनिभूत छलफल हुनुपर्छ र आगामी नेतृत्व कसले दिने भन्ने विषयमा सबै एकमत हुनुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिने हो भने संसदीय दलको नयाँ नेता छान्नुपर्छ ।

दुई ठूला पार्टीहरू मिलेर डेढ वर्षअघि मात्र एक भएको नेकपाभित्र विवादहरू टन्नै छन् । प्रधानमन्त्री ओलीपछि सर्वसम्मत नेता छान्न पार्टीलाई गाह्रो हुने स्थिति छ । एकताप्रक्रियाले पूर्णता नपाउँदै पार्टीभित्र थप नया विग्रहको सृजना हुन सक्ने जोखिम देखिन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy