काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ की इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताएकि छिन् ।
नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै उनले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भए पनि उनको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जीत सुनिश्चित रहेको बताइन्।
नेत्री शाक्यले पार्टीले जो सुकै व्यक्तिलाई टिकट दिए पनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताइन् ।
कार्यक्रममा सांसद महेश बस्नेतले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको बताउँदै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने बताए । उनले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको बताउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्ने बताए ।
कार्यक्रममा प्रदेश नं. ३ का पार्टी सह–इन्चार्जलगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद, भक्तपुरमा रहेका नेकपा प्रदेश नं। ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
कार्यक्रमका सभापति एवम् नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिए। चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा समिति, मञ्च व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ । पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी फुँयालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । ्
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: