चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि जारी रहेको छ। मतदानको समय दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ।
भरतपुरस्थित उद्योग संघको हलमा भइरहेको मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। निर्वाचन समितिका प्रमुख भुवन केसी का अनुसार बिहान ८ बजेसम्म करिब २ हजार १०० महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्।
उनले कुल ३ हजार ८०० देखि ३ हजार ९०० प्रतिनिधिले मतदान गर्ने अनुमान गरिएको जानकारी दिए। विदेशमा रहेका प्रतिनिधिहरूलाई भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्रै पदाधिकारी चयनको प्रक्रिया अघि बढाइनेछ।
रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्य चयन भएपछि महाधिवेशन प्रतिनिधिहरूले १९ पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ। पार्टीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ सदस्य निर्वाचनबाट र ५१ सदस्य सभापतिबाट मनोनीत हुने प्रावधान रहेको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भरतपुरमा उद्घाटन भएको थियो। तर महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने विषयमा विवाद र व्यवस्थापनको समस्या देखिएपछि बन्दसत्र प्रभावित बनेको थियो। त्यसकै कारण असार ९ गते सम्पन्न गर्ने तयारी गरिएको महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - २२:२२
काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...
श्रावण ८ गते, २०८३ - २१:५३
चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...
श्रावण ८ गते, २०८३ - २१:५१
तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...
श्रावण ८ गते, २०८३ - २१:४८
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...
श्रावण ८ गते, २०८३ - २१:४६
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...
श्रावण ८ गते, २०८३ - २०:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...
श्रावण ८ गते, २०८३ - २०:२८
काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...
श्रावण ८ गते, २०८३ - २०:०६
काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...
श्रावण ८ गते, २०८३ - १९:५७
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ



प्रतिकृया लेख्नुहोस्: