Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रधानमन्त्रीलाई पूर्वसहकर्मी सीपी मैनालीको सूझाव : तत्काल राजीनामा दिएर आराम गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली पछिल्लो समय निकै अस्वस्थ छन् । १२ वर्षअघि फेरिएको मृगौलामा पछिल्लो समय समस्या आउन थालेपछि उनि अस्वस्थ हुँदै गएका हुन् ।

उपचारकै लागि गत साउन र भदौमा २ पटकसम्म उनि सिंगापुर गएका थिए । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उनको ‘प्लाज्मा फेरोसिस’ प्रक्रियाबाट उपचार गरिएको थियो । तर दुई पटकसम्म भएको उपचारले पनि उनको स्वाथ्यमा खासै सुधार देखिएको छैन् ।

स्वदेश फर्किएसँगै पनि उनी पटक–पटक अस्पतालमै गएर उपचार गरे तर त्यति धेरै सुधार आएको छैन् । केहि दिन अघि मात्रै ग्रान्डी इन्टरनेशनल अस्पतालमा २ दिनसम्म भर्ना गरि उनको २ पटकसम्म डायलासिस गरिएको थियो ।

उमेर, स्वास्थ्यमा देखिएको अन्य समस्या र पहिलो प्रत्यारोपण भएको लामो समय भएको कारण पनि उनको उपचारमा निकै जटिलता थपिएको छ । चिकित्सकले हप्तामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने वा मृगौला नै पुनः प्रत्यारोपण गर्नुपर्ने नै सुझाव दिएका छन् । उनको स्वास्थ्य अवस्था र अन्य काम गराईको भूमिकाले पनि उनको उपचारमा निकै समस्या बनाईरहेको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था र उनको भूमिकालाई लिएर निकै प्रश्नहरु पनि उब्जिएका छन् । उनि निकट, उनका शुभचिन्तक तथा अन्य राजनीतिक सहकर्मी पनि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भूमिकालाई कम गराउन सुझाव दिन्छन् । उनका पूर्वसहकर्मीसमेत रहेका नेकपा मालेका महासचिव सिपि मैनालीले त उनलाई राजीनामा नै दिएर उपचारमा लाग्न र आफ्नो स्वास्थ्यलाई ध्यान दिन आग्रह गरेका छन् । खबर डबली अनलाईनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे माले नेकपा महासचिव सिपि मैनालीसँग लिएको सुझाव जस्ताको तस्तै :

प्रधानमन्त्री ओली जीको स्वास्थ्य अवस्थाबारेमा मैले पनि अखबार पढेर जानकारी पाएको हुँ । ओली जीको पार्टीले आधिकारिक निर्णय नगरी अखबार पढेको आधारमा सार्वजनिक टिप्पणी गर्नु अलि हतार होला तर पनि पूर्वसहकर्मीको नाताले मेरो मनमा केहि खसखस लागेको छ । ओली एक पार्टी नेता मात्र नभई देशकै कार्यकारी प्रधानमन्त्री भएकोले मलाई जस्तै आम जनतालाई उहाँ स्वास्थ्यबारे निकै चासो व्यक्त गरेका छन् ।

हामीले पूर्वसहकर्मीको नाताले ओली जीलाई केहि सूझाव दिन सक्छौं तथापी ठोस निर्णय उहाँ आफैं र उहाँको पार्टीले नै लिने हो । खासमा राजकाज चलाउने व्यक्ति पूर्णस्वस्थ हुनुपर्छ । आफ्नै स्वास्थ ठिक नभएसम्म राज्यसत्ताको बागडोर सम्माल्न सकिदैन ।

अहिले उहाँ पार्टी नेतृत्व र प्रधानमन्त्री दुवै पदमा हुनुहुन्छ तर, यस्तो भूमिकामा रहेको बेला उहाँको स्वास्थ्यले भने साथ दिइरहेको छैन । ओली जीलाई अहिले आरामको जरुरत छ । तनाबपूर्ण अवस्थामा स्वास्थलाई थप जटिल बनाउनु हुँदैन् । स्वास्थलाभ भएपछि पुनः कामकाजमा फर्किन सकिन्छ । तर, उहाँको स्वभाव अनुसार विरामी भएपनि कामबाट हट्ने अवस्था देखिदैन ।

ओली जीका सहकर्मीहरुले पनि सहजै काम गरिरहन सक्नुहुन्छ भनिरहेका छन् । जवर्जस्ती काम गर्नु र शरिरले धान्नु फरक कुरा हो । शरिरको इच्छा बिपरित गरिएको कामले मृत्युमा धकेल्नु बाहेक अरु केहि हुन सक्दैन । स्वास्थ्यभन्दा ठुलो कुरा अरु हुन सक्दैन ।

बिरामी कति गम्भिर छ ? राजकाजको कामकाज गर्न सक्छ कि सक्दैन ? उसको स्वास्थ उपचारमा कति समय लाग्छ ? यस्तो गम्भिर प्रकृतिको विषय पार्टीले निर्णय गर्नु पर्छ । राजकाजमा समय नै दिन नसक्ने मान्छेले पद ओगटेर बस्नु हुँदैन । यस्तो अवस्थामा ओली जीले तत्काल राजकाज छोड्नुपर्छ । यो विषयमा उहाँको स्वास्थ्य अवस्था हेरेर पार्टीले निर्णय लिनु पर्छ । कामै नगरी पद ओगट्ने प्रवृति राम्रो होइन । यो देशको लागि पनि दुर्भाग्य हुन्छ ।

बहालवाला मन्त्री प्रधानमन्त्रीहरुको सरकारले नै उपचार खर्च व्यहोर्दै आएको इतिहास रहेको छ । त्यहि भएर नै प्रधानमन्त्री जीले पद छोड्न नमान्नु भएको होला । म राजकाज सञ्चालन गर्न सक्छु, म ठिक छु भन्ने ओली जी र उनको पार्टीलाई लागेको छ भने काममा निरन्तरता दिए हुन्छ । होइन भने तत्काल पार्टीको बैठक बसी यस बारेमा निर्णय गर्नुपर्छ ।

राजकाजको काममा समय दिन नसक्ने, समय दिँदा झन बिरामी हुने र ज्यानै जोखिममा पर्नसक्ने अवस्थामा पदमा रहिरहनुभन्दा दोस्रो व्यक्तिलाई कार्यभार जिम्मा दिनु राम्रो हुन्छ । तत्काल पार्टीले यस विषयमा निर्णय लिनुपर्छ । पार्टीको निर्णय ओली जीले मान्नु पर्छ । ओलीजीले पद पनि नछाड्ने, सहकर्मीलाई पनि काम नलगाउने र पार्टीले पनि विवेक पुर्याएर निर्णय नगर्ने हो भने ठुलो दुर्घटना निम्तिन सक्छ । समयमै पार्टीले निर्णय नगर्ने हो भने हामी बाहिरियाले जतिसुकै राम्रो विचार राखेपनि त्यसको कुनै अर्थ हुँदैन ।

ओली जीको सत्तामा बसिरहने चाहना सत्तालिप्साले यस्तो भएको हो । मैले जानेबुझेअनुसार नेकपाभित्र धेरै नेताहरु राजकाज चलाउन योग्य छन् । ओली जी आफुँ स्वस्थ्य हुँदा पनि सामूहिक नेतृत्वमा जान चाहेको देखिएको थिएन् । सहकर्मीहरु माधब, झलनाथ, बामदेवलगायत पहिलो दोस्रो तहका नेताहरुले छलफलमा नबोलाएको गुनासो गरिरहेका छन् । सामान्य भएको बेला त सल्लाह हँुदैनथ्यो भने अहिले त के सल्लाह होला ? तर, जुनसुकै नेताले पहल गरेपनि सामुहिक निर्णय र सामुहिक उत्तरदायित्वको हिसावले काम गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले विधान, सामूहिक प्रणाली र पार्टी निर्णयलाई सम्मान गर्ने हो भने तत्काल विकल्प खोज्नु पर्छ । नत्र सत्तारुढ पार्टीलाई मात्रै होइन् राष्ट्रलाई नै क्षति हुन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy