Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

महोत्तरीमा उपनिर्वाचनको तयारी

महोत्तरी । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो ।

जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा पिपरा गाउँपालिकाका लागि १८ हजार ५०४, बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको कार्यालयले जनाएको हो ।

पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका यी चार पदका लागि उपनिर्वाचन हुनलागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिए ।

उपनिर्वाचन प्रयोजनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश विष्णु सुवेदी तोकिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुई वडा र मटिहानीको एक वडाको उपनिर्वाचन प्रयोजनका लागि पनि निर्वाचन अधिकृत तोकिसकिएको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा पिपरा गाउँपालिकामा १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुई वडामा एक÷एक मतदानस्थलमा दुई–दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताए ।

चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छान्ने अन्तिम कसरतको अभ्यासमा व्यस्त देखिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy