दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित उक्त हतियार फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल पाँच थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखेको उक्त हतियार शुक्रबार बेलुकी करीब ६ः०० बजेतिर फेलापारेको थियो ।
“हतियार किन र कसले राख्यो जानकारी आउन सकेको छैन । तर, सूचना आउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार ओसारपसार गर्दैछन् भन्ने सूचना आएको थियो”, उनले भने, “चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुनसक्छ, थप कुरा अनुसन्धानपछि खुल्छ ।” गोलीगठ्ठासहित हतियार ओसारपसारबारे थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: