Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

रैथाने धानका बीउ संरक्षण गर्न के ले रोक्यो ?

काठमाडौं । लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्शी र जेठो बुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो ?

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका हुन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय नेपालमा उन्नत जात (हाइब्रिड) नाममा बहुर्राष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनाधिकृत रुपमा बढेपछि रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसदले बैठकमा आग्रह गर्नुभएको हो । बैठकमा सांसद्हरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, सत्यनारायण शर्मा खनालले स्थानीय बीउको मौलिकता जोगाउन विज्ञहरुलाई सुझाव दिएका थिए ।

यसवर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके, र कैलालीमा रोपाइँ गरिएको थियो तर, धानको बाली लाग्ने वर्णशङ्कर जातको सो धान आयात गरी बिक्री वितरण गर्ने कम्पनी वा फर्मलाई नेपालको बीउबिजन ऐन, २०४५ले रु २५ हजार जरिवाना र आयात अनुमतिपत्र खारेज गर्नसक्ने सम्मको प्रावधान तोकेको छ ।

सो ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । नेपालको संविधानले खाद्य सम्प्रभुतालाई सुनिश्चितता गरेको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बहुर्राष्ट्रिय कम्पनीको बीउ आयात रहर नभइ बाध्यता भएको जवाफ दिँदै मात्र र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending