Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कार्यकारी अध्यक्षमा प्रचण्डमाथी यी चार चुनौती

अध्यक्ष ओलीकै विश्वास जित्नुपर्ने
काठमाडौं । तत्कालीन एमालेभित्र ओली समूह शक्तिशाली थियो । नेकपा बनिसकेपछि पनि ओलीवरिपरि शक्तिशाली समूह छ । यो समूहलाई व्यवस्थापन गर्नु पहिलो चुनौती हुनेछ । ओली समूहमा दोस्रो वरीयता दाबी गर्दै आएका ईश्वर पोखरेललगायतको ठूलो समूह छ, जसलाई सहमतिमा लिनु पनि सजिलो छैन । अध्यक्ष ओलीलाई बेवास्ता गरेर निर्णय गर्नु अहिलेको अवस्थामा नेकपाभित्र कठिन काम हो । त्यसरी निर्णय भइहाले पनि अलपत्र पर्ने सम्भावना हुन्छ । स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा पार्टीभित्र सबै नेताको विश्वास जितेर लैजान प्रचण्डलाई हम्मेहम्मे पर्ने दाबी गर्छन् ।

माधव नेपाल र अरू नेतासँगको सहयात्रा
तत्कालीन एमालेमा ओलीपछिको ठूलो समूह चलाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको सम्बन्ध मधुर नै छ । तर, नेपाललाई किनारामा पार्ने ओलीको स्वार्थमा प्रचण्ड पनि सहयात्री बनेको चर्चा नेपाल समूहभित्र पनि वेलावेला हुने गर्छ । ‘एक व्यक्ति एक पद’ लागू हुनुपर्ने नारा उठाउँदै आएका नेपाल ओलीसँग सन्तुष्ट छैनन् । कार्यकारी अध्यक्ष भएपछि पनि ओलीकै इच्छाअनुसार प्रचण्ड चले भने नेपाल पनि टाढिन सक्ने जोखिम त्यत्तिकै छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य वामदेव गौतमलाई पनि मिलाएर लैजानुपर्ने चुनौती छ । पार्टीलाई विचार र विधिमा सञ्चालन गरे गुटहरू आफैँ सकिने बताउँछन्, स्थायी कमिटी सदस्य लीलामणि पोखरेल । ‘विचार, विधिमा कम्युनिस्ट पार्टी सञ्चालन हुन्छन्, यस्तोमा गुटहरू आफैँ सकिएर जान्छन्,’ पोखरेलले भने ।

एमालेसम्बद्ध कार्यकर्ता पंक्तिलाई मिलाएर लैजानु कम्ती चुनौतीपूर्ण छैन, त्यही पार्टीपंक्तिलाई रिझाउन प्रचण्डले वेलावेला आफूलाई मदन भण्डारीसँग तुलना गर्ने र बाहिरबाट आएको नेता भए पनि स्विकार्न सक्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन्

३१ भदौमा बसेको पार्टी सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । पछिल्लो समय प्रचण्डसँग बलियो सम्बन्ध बनाएका गौतमसँगको सम्बन्ध टिकाइराख्न पनि प्रचण्डमाथि दबाब पर्ने देखिन्छ । उसो त पछिल्लो समय गौतमसँग ओलीको पनि सम्बन्ध राम्रै भएको बताइन्छ । गौतमलाई उपाध्यक्ष बनाउने ओलीको प्रस्तावमाथि सबैभन्दा पहिलो समर्थन अध्यक्ष प्रचण्डले नै गरेका थिए । कार्यकारी भूमिकामा पुगेपछि सचिवालयका यी नेतासँगको सम्बन्ध कसरी सन्तुलनमा राख्ने भन्ने पनि प्रचण्डको चुनौती हो ।

पूर्वएमालेसम्बद्ध कार्यकर्तालाई विश्वासमा लिनुपर्ने
युद्धको पृष्ठभूमिबाट आएका प्रचण्डका लागि ठूलो चुनौती तत्कालीन एमालेसम्बद्ध कार्यकर्ता पंक्तिलाई मिलाएर लैजान सक्नु हो । सामाजिक जीवनमा घुलमिल भएका र शान्तिपूर्ण प्रतिस्पर्धाबाट आएका पूर्वएमालेसम्बद्ध नेता–कार्यकर्ताहरू अहिले पनि युद्धको पृष्ठभूमिबाट आएको पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई स्विकार्न धेरै ठाउँमा गाह्रो परेको देखिन्छ ।

प्रचण्डले त्यही पार्टी पंक्तिलाई रिझाउन वेलावेला आफूलाई मदन भण्डारीसँग तुलना गर्ने र बाहिरबाट आएको नेता भए पनि स्विकार्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन् । उनले केही समयअघि आफू ‘सक्कली माओवादी नभएको’ पनि बताएका थिए । बोलेर मात्रै नभई व्यवहारमा पनि एमालेसम्बद्ध नेता–कार्यकर्ताहरूको विश्वास जित्नु प्रचण्डको चुनौती हो । स्थायी समिति सदस्य विश्वकर्मा व्यक्तिभन्दा पार्टी हितलाई ध्यानमा राखेर अघि बढे नेतृत्व (प्रचण्ड) सफल हुने ठान्छन् । नेता पोखरेल पनि पार्टी विधिमा चल्ने हो भने सबै समस्या समाधान हुने दाबी गर्छन् ।

समिति प्रणालीमा पार्टीलाई लैजानुपर्ने
पार्टी एकताको १८ महिनासम्म बस्न नसकेको केन्द्रीय कमिटीको बैठक र दुईपटक बसेको स्थायी कमिटीको बैठक डाक्नु नै प्रचण्डका लागि सुरुमै संगठन सञ्चालनको मुख्य चुनौतीका रूपमा देखिएको छ । विधानमा व्यवस्था भएअनुसार अहिलेसम्म ६ पटक बसिसक्नुपर्ने बैठकलाई उनले नियमित बनाउनुपर्ने हुन्छ । यो त्यति सहज हुनेछैन । शीर्ष नेताहरू र त्यसमा पनि दुई अध्यक्षको तजबिजीमा मात्रै पार्टी चल्दै आएको भनेर पार्टीभित्रै नेकपाले आलोचना बेहोर्दै आएको छ ।

नेता पोखरेल पूर्ववत् ढर्राले पार्टी कमिटी चल्न नहुने बताउँछन् । ‘अब बैठकहरू नियमित बस्नेछन् । अनि मात्र पार्टी विधिमा चलेको महसुस हुन्छ,’ उनले भने, ‘ऐतिहासिक आवश्यकताले पार्टी एक भएको हो । पार्टी विधिमा सञ्चालन हुनुपर्छ, यसो भयो भने धेरै समस्या आफँै हराउँछन् ।’ विधानमा व्यवस्था भएको पोलिटब्युरो कमिटी अझै गठन हुन सकेको छैन, यो गठन गर्नु पनि प्रचण्डमाथिको थप चुनौती हो । आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending