Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव

काठमाडौं । सीमाविद्, भूगोलविद् र नागरिक समाजका अगुवाले नेपालको कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समेटेर हालै नक्सा सार्वजनिक गरेको विषयमा प्रधानमन्त्रीको तहबाट तत्काल वार्ताको पहल थाल्नुपर्ने सुझाव दिएका छन् ।

सीमा बचाउ, अभियानका तर्फबाट उनीहरुले सुगौलीसन्धिको धारा ५ का आधारमा उपलब्ध नक्सा, ऐतिहासिक दस्तावेज तथा नदी विज्ञानका आधारमा भारतसँग वार्ता गर्न आह्वान गरेको हो । वरिष्ठ पत्रकार भैरव रिसालको संयोजकत्वको अभियानका तर्फबाट आज सो विषयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याललाई ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझिसकेपछि मन्त्री अर्यालले नागरिक तहबाट गरिएको सो प्रयास सकारात्मक भएको र यसले सरकारलाई थप बल पुग्ने बताइन् । उनले यस विषयमा सरकारले सर्वदलीय र सर्वपक्षीय बैठकमा छलफल गरी राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान निकाल्ने सम्बन्धमा राष्ट्रिय सहमतिसमेत भएको जानकारी गराए । उपरोक्त विषयमा सरकारले आवश्यक प्रमाण जुटाएको र राजनीति एवं कूटनीतिक तवरमा सामाधानका लागि भित्रीरुपमा तयारी गरिरहेको मन्त्री अर्यालले बताइन् ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आवश्यक प्रमाणका आधारमा विज्ञसम्मिलित टोलीमार्फत नेपाल सरकारले भारतसँग संवाद थाल्नुपर्ने बताउँदै राज्यले आफ्ना भूभागमा प्रभुत्व कायम राखिरहन सदैव राज्यका संयत्रमार्फत सक्रियता देखाउनुपर्ने विचार व्यक्त गरिन् ।

पूर्वप्रशासक द्वारिकानाथ ढुङ्गेलले विगतका सरकारले कालापानी क्षेत्रको विवाद समाधानमा आवश्यक ध्यान नदिँदा समस्या देखिएको बताउँदै समाधानका लागि तत्काल उपलब्ध प्रमाणका आधार संवाद थाल्नुपर्ने सुझाव दिए । सीमाविद् हीरण्यलाल श्रेष्ठले भारतले हालै जारी गरेको नक्साको प्रतिवाद गर्न नेपालले पनि आफ्नो सम्पूर्ण सीमासहितका नक्सा जारी गर्नुपर्ने बताए । भूगोलविद् प्रा डा नरेन्द्रराज खनालले सुगौलीसन्धिका आधारमा नेपालको उत्तर पश्चि सीमानास्थित लिम्पियाधुरासहित बनाईएको नेपालको नक्साका बारेमा प्रस्तुती गरेका थिए ।

अभियानले सरकारले सुगौलीसन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालको सीमा रहेको तथ्य प्रमाणसहित तत्काल नक्सासमेत श्वेतपत्र जारी गर्न सुझाव दिएको छ । सो क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मी हटाउन सरकारले अविलम्ब पत्र लेख्नुपर्ने, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रष्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षाचौकी तत्काल स्थापना गर्न समेत सुझाव दिइएको छ ।

ज्ञापनपत्रमा आह्वानकर्ताका तर्फबाट वरिष्ठ पत्रकार रिसाल, पूर्वमन्त्री शान्ता मानवी, पूर्वप्रधानन्यायाधीश कार्की, गौरीबहादुर कार्की, द्वारिकानाथ ढुङ्गेल, स्वनाम साथी, राजेन्द्र सुवेदी, डा जगतकुमार भुसाल, कृष्णराज बर्मालगायतको हस्ताक्षर रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE