Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कास्कीमा १९ उम्मेदवारको जमानत जफत

कास्की । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनीहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाएका छन्।

राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सो दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गरे ।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा९माले०का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, काँग्रेस ९बिपी०का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाएका छन् ।

स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending