Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नेकपा उम्मेदवारको हार, के नेकपाभित्र अन्तर्घात भएकै हो ?

काठमाडौं । उपनिर्वाचनको जीत हारलाई लिएर अहिले सत्तारुढ नेकपाभित्र निकै विवाद मच्चिएको छ । पूर्वएमाले र पूर्वमाओवादी खेमाका नेताहरु सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमै समेत उत्रिएका छन् । पूर्वएमाले र पूर्वमाओवादीकै गढ मानिएको क्षेत्रमा पनि नेकपा उम्मेदवारको हार भएपछि विवाद निस्किएको हो ।

भक्तपुर र चितवनमा नेकपा उम्मेदवारको हार

प्रदेश सभाको लागि भएको उपनिर्वाचनमा पूर्वएमालेको गढ मानिएको भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा पूर्वमाओवादीका उम्मेदवार देवीप्रसाद ढकाल पराजीत भएका छन् । भक्तपुर १ मा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल विजयी भए । कांग्रेसका उम्मेदवार भडेलले १३ हजार ४ सय ४१ मत ल्याउँदै जीत हाँसिल गरेका हुन् । पूर्वमाओवादी निकट नेकपा उम्मेदवार ढकालले ११ हजार २ सय ६ मात्रै मत पाएका छन् ।

यस्तै नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पनि नेकपा उम्मेदवारले हार व्यहोरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १६ मा भएको उपनिर्वाचनमा पनि कांग्रेस उम्मेदवार अमृतराज हमालले नेकपा उम्मेदवार भक्तराज हमाललाई हराएका हुन् ।
नेकपा नेतृ तथा प्रचण्ड पुत्री रेणु दाहालसमेत मेयर रहेको सो क्षेत्रलाई अत्यन्तै महत्वका साथ हेरिएको थियो ।

मतको हिसाब कस्तो ?

०७४ मा भएको निर्वाचनमा भक्तपुर–१ बाट तत्कालीन नेकपा (एमाले)बाट हरिशण लामिछाने निर्वाचित भएका थिए । बाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका लामिछानेले आफ्ना प्रतिष्पर्धीभन्दा २हजार ८ सय १२ मत बढि ल्याएर जित हाँसिल गरेका थिए । लामिछानेले ०७४ को निर्वाचनमा १२ हजार ७ सय ८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए ।

वाम गठबन्धनको वागी उम्मेदवार बनेर अन्तिम समयमा नाम फिर्ता लिएका ढकाललाई पनि त्यस समय ७ सय मत प्राप्त भएको थियो ।

यस्तै ०७४ मा भएको भरतपुर महानगरपालिका वडा नं. १६ मा भएको निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवारले ६४ मत अन्तरले कांग्रेस उम्मेदवारलाई पराजीत गराएका थिए । तत्कालिन समयमा माओवादीका उम्मेदवारले ९ सय ५८ मत ल्याएका थिए ।

पार्टी एकतापश्चात भएको अहिलेको निर्वाचनमा यसअघि भएको निर्वाचनभन्दा झण्डै हजारभन्दा बढि मत बढ्ने अपेक्षा गरिएको थियो । तर अहिलेको निर्वाचनमा पूर्वएमाले उम्मेदवारले पाएकोभन्दा पनि कम मत आएको छ । एकतापश्चात मत बढ्नुपर्ने सामान्य अपेक्षाभन्दा मत कम ल्याई नेकपाका उम्मेदवार पराजीत भएका छन् ।

पूर्वएमाले पंक्तिको असन्तोष र हार

भक्तपुर–१ बाट उम्मेदारी दिएका ढकालले यसअघि ०७४ मा भएको निर्वाचनका बेला बाम गठबन्धनको बागी उम्मेदारको रुपमा आफुँलाई अगाडि सारेका थिए । उनले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपनि उनको चुनाव चिन्हमा त्यस समय ७ सय मत खसेको थियो ।

वागी उम्मेदवार भनेर चिनिएका ढकाललाई अहिलेको उपनिर्वाचनमा नेकपाले टिकट दिँदा भक्तपुरमा पूर्वएमाले पंक्तिभित्र निकै असन्तोष छाएको थियो । उनको उम्मेदावारीप्रति पूर्वएमाले पंक्ति आन्दोलित नै भएको थियो । उनको नाम फिर्ता हुनुपर्ने भन्दै पूर्वएमालले खेमाले गरेको आन्दोलनलाई नेतृत्वले सुनुवाई नगरेपनि निर्वाचनका बेला उनको हारले असन्तोषलाई प्रष्ट पारेको छ ।

यता, भरतपुर महानगर–१६ मा पनि नेकपा उम्मेदवारले यसअघिको निर्वाचनमा भन्दा झण्डै १ हजार मत बढिले जित्ने अपेक्षा गरिएको थियो । तर, उम्मेदवार चयन प्रतिको असन्तोषका साथै पार्टी अध्यक्ष प्रचण्ड र मेयर रेणु दाहालप्रति पूर्व एमाले पंक्तिको असन्तुष्टीले नेकपा उम्मेदवारले नराम्रो पराजय भएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy