काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर)अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् ।
चालू आव २०७६/७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आइएमइ बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।
सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।
बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। उनले भने, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ।”
अर्थमन्त्री डा खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे । उनले भने, “तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ । ”
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैैक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पुरा गर्न ध्यान दिन आग्रह गरे । उनले भने,“नेपाल राष्ट्र बैंककाे नीतिको पालना गरी अन्य बैँक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ, यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनुपर्छ ।”
नेपाल चेम्र्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यान लगायतले दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमइ बैंकले यसअघि विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैंक नेपाल लिले आठ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो ।
बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।
कर्जामा नीहित जोखिम न्यूनीकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइने लक्ष्य राखेको बैंकले राखेको छ । साथै यसको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु-याउन प्राथमिकतामा राखेको बैकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: