नयाँ दिल्ली । भारतको सत्तारूढ भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित एक नेताले एक किशोरीको बलात्कार गरेको अदालतले ठहर गरेको छ।
सन् २०१७ मा घटना हुँदा ती पीडित किशोरी १७ वर्षकी मात्र थिइन्। बालबालिका संरक्षण कानुनअन्तर्गत कुलदीप सिंह सेङ्गरलाई मुद्दा चलाइएको थियो।
गत वर्ष ती पीडित किशोरीले प्रहरीले कारबाही नगरेको आरोप लगाउँदै आत्मदाह गर्न खोजेपछि भारतभरि त्यसले चर्चा पाएको थियो।
अपहरण र बलात्कारको मुद्दामा सेङ्गरलाई दोषी ठहर गर्ने दिल्लीस्थित तीस हजारी कोर्टले उनलाई मङ्गलवार सजाय सुनाउनेछ। उनलाई आजीवन कारावाससम्म पनि हुन सक्छ।
भारतको सर्वोच्च न्यायालयले हस्तक्षेप गरेपछि उक्त मुद्दा लखनऊबाट दिल्ली स्थानान्तरण गरिएको थियो। अगस्ट ५ देखि उक्त मुद्दामा सुनुवाइ भइरहेको थियो।
पीडित किशोरीका अनुसार सेङ्गरले जागिर दिने प्रलोभन देखाएर उनको अपहरण र त्यसपछि बलात्कार गरेका थिए।
सेङ्गरलाई बलात्कारको आरोप लगाएपछि गत जुलाई महिनामा शङ्कास्पद रूपमा भएको एउटा दुर्घटनामा उनी गम्भीर घाइते भइन्।
उक्त घटनामा उनका दुई नातेदारको मृत्यु भयो भने उनका वकिल पनि गम्भीर घाइते भए। उनीहरू चढेको कारलाई एउटा ट्रकले हानेको थियो।
उनले उजुर दर्ता गरेको भए पनि प्रहरीले पहिला सेङ्गरको नाम उल्लेख गरेको थिएन।
जुलाई २८ मा भएको दुर्घटनामा पीडित किशोरी गम्भीर घाइते भएकी थिइन् । धेरै महिनापछि प्रहरीले सेङ्गरविरुद्ध उजुर दर्ता गर्यो, तर ती किशोरीले प्रहरीले कुनै अनुसन्धान नगरेको आरोप लगाइन्।
बलात्कारको गम्भीर आरोप लागेका व्यक्तिलाई पार्टीको राजनीतिमा सक्रिय हुन दिएको भन्दै भाजपाको चर्को आलोचना भयो।
पीडित किशोरी दुर्घटनामा घाइतेपछि गत अगस्ट महिनामा भाजपाले सेङ्गरलाई निलम्बन गर्यो। उनी उत्तर प्रदेशको उन्नाव जिल्लाबाट सांसद निर्वाचित भएका थिए।
बलात्कृत किशोरीकी आमाले सेङ्गरले नै दुर्घटना गराएको आरोप लगाएकी थिइन्। तर सेङ्गरले त्यसको खण्डन गरेका थिए।
प्रहरीले अझै पनि त्यस घटनाको अनुसन्धान गरिरहेको छ।
पीडितको परिवारले कुलदीप सेङ्गरका भाइ अतुल सेङ्गरले पीडितका बुवालाई एप्रिल २०१८ मा आक्रमण गरेको आरोप लगायो।
उक्त घटनामा प्रहरीले पाँच जनालाई अभियोग लगायो। अवैध हातहतियार राखेको आरोपमा ती किशोरीका बुवा पनि पक्राउ परे। पछि उनको हिरासतमै मृत्यु भयो।
आफ्नो न्यायको मागलाई राज्यले बारम्बार अवरोध गर्न खोजेको भन्दै केही दिनपछि पीडित किशोरीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निवासबाहिर आत्मदाह गर्ने प्रयास गरिन्।
भारतको सङ्घीय जाँच निकायले उक्त घटनाको अनुसन्धान आफ्नो हातमा लिएपछि अतुल सेङ्गर र अन्य १० जना हत्याको आरोपमा पक्राउ परे।
उक्त मुद्दा अझै चलिरहेको छ।
अतुल सेङ्गरले अभियोगबारे केही प्रतिक्रिया दिएका छैनन्।
बीबीसी नेपालीको सहयोगमा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: