Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

विरोध प्रदर्शन चर्कन थालेपछि राजधानी दिल्लीमा मोबाइल सेवा बन्द

काठमाडौं । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि भारत सरकारले राजधानी दिल्लीमा मोबाइल सेवा बन्द गरेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विरोध प्रदर्शन बढ्न सक्ने भन्दै सरकारले दिल्लीको केहि भागमा एयरटेलको सेवा बन्द गराएको हो ।

एयरटेल कम्पनीले सरकारको आदेशमा आफ्नो सेवा बन्द गराएको पुष्टि गरेको छ । बिहिबार सामाजिक सञ्जाल ट्विटमार्फत आधिकारिक धारणा राख्दै कम्पनीले सरकारको निर्देशनमा भ्वाईस, इन्टरनेट र एसएमएस सेवा अनिश्चितकालसम्मको लागि बन्द गरिएको जनाएको छ । ग्राहकहरुको प्रश्न धेरै आएपछि कम्पनीले ट्विटमा लेखेको छ, ‘सरकारको निर्देशनको आधारमा भ्वाइस, इन्टरनेट र एसएमएस सेवा तत्कालको लागि बन्द गरिएको छ । जब प्रतिबन्ध आदेश हट्छ त्योसँगै मोबाइल सेवा पनि सामान्य गराइनेछ ।’

https://twitter.com/Bhallanator/status/1207559757810135042?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1207559757810135042&ref_url=http%3A%2F%2Fthewirehindi.com%2F104962%2Fairtel-suspends-mobile-services-in-some-parts-of-delhi-cab-protest%2F

जारी नागरिकता संशोधन कानूनको विरुद्धमा बिहिबार भारतभर प्रदर्शन भईरहेको छ । दिल्लीका महत्वपूर्ण मानिएका क्षेत्रमा धारा १४४ लागु गरिएको छ । सयौं प्रदर्शनकारीलाई प्रहरीले यसअघि नै नियन्त्रण लिईसकेको छ । चर्चित सामाजिक अभियन्ता स्वराज इण्डियाका अध्यक्ष योगेन्द्र यादवलगायत दर्जनौलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।

भारतीय मिडियाले जनाएअनुसार प्रहरीले प्रख्यात इतिहासकार रामचन्द्र गुहालाई पनि हिरासतमा लिएको छ । नागरिकता संशोधन कानूनको विरुद्धमा विरोध प्रदर्शन बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै कर्नाटक राज्यका मुख्य–मुख्य क्षेत्रमा पनि धारा १४४ लागु गरिएको छ ।
मोदी सरकारले हालै जारी गरेको नागरिकता संशोधन कानून २०१९ को विरोधमा भारतमा वामपन्थी मानिएका पार्टीहरुले विरोध चर्काइरहेका छन् ।

\"Image

कानूनमा अफगानिस्तान, बंगालादेश र पाकिस्तानबाट धार्मिक रुपमा प्रताडनामा परि भारत आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसहरुलाई भारतीय नागरिकता सहजै दिने प्रावधान छ । नागरिकता संशोधन विधेयकमा भारतमा शरण लिन आएका मुश्लिम समुदायलाई भने नागरिकता नदिने उल्लेख छ ।

कानूनमा गरिएको भेदभावपूर्ण व्यवस्थाको भारतभर विरोध चलिरहेको छ । धर्मनिरपेक्ष राष्ट्र भारतमा नागरिकता दिने प्रावधानमा अहिलेसम्म कुनै भेदभाव गरिएको थिएन । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy