काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ सवारी दुर्घटनाबारे संसदीय समितिको छलफल छोडेर राजदूत भेट्न गएका छन् । शुक्रबार बिहान नौ बजे सुरु भएको बैठकमा समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीको बधाई ग्रहण गरेरपछि मन्त्री नेम्वाङ बाहिरिएका हुन् ।
समितिमा छोटो धारणा राखेका मन्त्री नेम्वाङले पछिल्लो समय भएका सडक दुर्घटनाप्रति राष्ट्रपतिको संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीबाट आवश्यक निर्देशन प्राप्त भएको बताए । उनले गृहमन्त्रालय र हाम्रो मन्त्रालय मिलेर सडक दुर्घटना न्यूनीकरणबारे प्रतिवेदन तयार भएको बताए ।
त्यसपछि मन्त्री नेम्वाङले राजदूतसँग भेट्ने कार्यक्रम तय भएकाले जानुपर्ने समितिलाई जानकारी गराए । उनले भने, \'यहाँ हुने छलफलका कुरा ग्रहण गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि पहिल्यै राजदूतसँगको भेटघाट तय भएकोले बिदा माग्छु ।\'
स्रोतका अनुसार मन्त्री नेम्वाङ दुर्घटनाबारे समितिमा भइरहेको बैठक छोडेर चिनियाँ राजदूतलाई भेट्न गएका हुन् ।
छलफलमा सचिव देवेन्द्र कार्की, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायत विज्ञलाई बोलाइएको छ । विज्ञहरूले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे धारणा राखिरहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: