Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

एजेन्सी । अमेरिकी अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ।

प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले संस्थामा आत्मविश्वास पुन: र्स्थापित गर्न आवश्यक कदम भनेका छन्।

निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गले दबाव झेल्दै आएका थिए।

दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारहरूले पछिल्लो परिवर्तनलाई एउटा राम्रो कदम भनेका छन्।

यद्यपि मालनबर्गको ठाउँमा ल्याइएकाप्रति उनीहरूले आशङ्का व्यक्त गरेका छन्।

ग्राहकसम्म विमान पुर्‍याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन्।

बोइङले हाल कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा सभापतिमा नियुक्त गरेको छ।

उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहिआएका छन्। काल्हूनले ज्यानुअरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो।

मार्चमा इथियोपियन एअरलाइन्सको दुर्घटनामा श्रीमती, तीन सन्तान र सासु गुमाएका पल नोरोगेले भने, ूमालनबर्गको राजीनामा राम्रो दिशातर्फको एउटा कदम भए पनि कम्पनीले आफ्नो कर्पोरेट शासनमा आमूल परिवर्तन ल्याउन जरुरी छ।

इथियोपियन एअरलाइन्सकै दुर्घटनामा बुवा गुमाएकी जिरोरा कुरिआको विचारमा मालनबर्गले ूधेरै पहिलाू राजीनामा दिइसक्नुपर्थ्यो।

मालनबर्गले पहिलो पटक सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए।

सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३४६ जनाको ज्यान गएको थियो।

ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुनस् डिजाइन गर्ने बताउँदै आएको थियो।

तर गत हप्ता बोइङले ७३७ म्याक्स एअरलाइनरको निर्माण आउँदो ज्यानुअरी महिनादेखि स्थगन गर्ने जनाएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy