Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मध्यपूर्व तनावले भारतको ग्यास बजार प्रभावित, सिलिन्डर खरिदमा नयाँ नियम लागु

खबरडबली संवाददाता

भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महाराष्ट्रका केही ग्यास डिलरहरूमा उपभोक्ताको लामो लाइन लाग्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ग्यासमा करिब ९० प्रतिशत आयातमा निर्भर रहेको भारतले ग्यास भरिएका सिलिन्डरको अनावश्यक मौज्दात रोक्न घरेलु उपभोक्ताका लागि नयाँ नियम लागू गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अब एक सिलिन्डर ग्यास खरिद गरेपछि अर्को किन्न २५ दिन कुर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो अवधि २१ दिन तोकिएको थियो। मध्यपूर्वमा बढ्दो तनावका कारण उपभोक्ताले बढी ग्यास सिलिन्डर माग गर्न थालेपछि आपूर्ति व्यवस्थापन गर्न यो नियम कडाइ गरिएको हो।

त्यस्तै, इन्डियन आयल कर्पोरेसनले गत शनिबारदेखि लागू हुने गरी १४ किलोग्राम तौलको घरेलु ग्यासको मूल्य ६० भारतीय रुपैयाँ र १९ किलोग्राम तौलको व्यावसायिक ग्यासको मूल्य ११५ भारतीय रुपैयाँले बढाएको छ।

सरकारले मूल्यवृद्धि र बिक्रीमा कोटा निर्धारण गरेर ग्यासको ‘जम्माखोरी’ रोक्ने रणनीति अपनाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यससँगै भारतले ग्यासको जम्माखोरी रोक्न ‘वस्तु अधिनियम ऐन’ समेत लागू गरेको छ। उक्त ऐन लागू भएपछि प्राकृतिक ग्यास, एलपीजी र सवारीसाधनमा प्रयोग हुने सिएनजीको आपूर्ति शतप्रतिशत गर्नुपर्ने व्यवस्था गरिएको छ। तर रासायनिक मल कारखानालाई आवश्यक ग्यास भने पछिल्लो ६ महिनाको तुलनामा ७० प्रतिशत मात्र आपूर्ति गर्न सकिने प्रावधान ऐनमा राखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending