Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

सचिवले नै प्रधानमन्त्रीलाई नटेरेपछि….

काठमाडौं । संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र कारवाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारवाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ। कारवाहीको विवरण मन्त्रालयरकार्यालयका प्रमुखले पठाउनुपर्ने व्यवस्था छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सहसचिवसम्मका कर्मचारी छड्केमा परेकाले मन्त्रालयका सचिवले कारवाहीको विवरण पठाउन आलटाल गरिरहेका छन््। प्रधानमन्त्रीको निगरानीमा रहेको सतर्कता केन्द्रले भ्रष्टाचार तथा अनुचित काम न्यूनीकरण गर्न स्थलगत अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने व्यवस्था छ। उसले मन्त्रालयर कार्यालयको अनुगमन गर्ने क्रममा कर्र्मचारीको कार्यालय समय पालना र तोकिएको पोसाक लगाएरनलगाएको अनुगमन गर्दै आएको छ।

केन्द्रले ०७६ असोस २८ गते सिंहदरबारमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा छड्के गरेको थियो। असोज ३० गते सिंहदरबारमै रहेका खानेपानी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मुद्रण विभागको पनि अनुगमन गरेका थियो। दुई सहसचिव सहितका कर्मचारी छड्केमा परेका थिए। केन्द्रले सचिवस्तरीय निर्णय गरेर कारवाहीको जानकारी सम्बन्धित मन्त्रालयरकार्यालयलाई पठाउने गरेको छ।

ऊर्जाका १७ कर्मचारी छड्केमा परेका थिए। छड्के गर्दा उनीहरू अनुपस्थित पाइएको थियो। छड्केमा परेका ऊर्जाका १७ र भूमि व्यवस्थाका २८ कर्मचारीको कारवाहीबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ। भूमि व्यवस्थाका २५ कर्मचारी अनुपस्थित थिए र ३ जनाले समय पालना गरेका थिएनन्। भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, सहरी विकास, श्रम तथा रोजगार, उद्योग, अर्थ मन्त्रालयले पनि कारवाहीको जानकारी पठाएका छैनन्। भौतिक पूर्वाधारका १२ जना अनुपस्थित थिए भने ३ जनाले तोकिएको पोसाक लगाएका थिएनन्।

संघीय मामिलाका २९ र शिक्षाका १० कर्मचारी छड्केमा अनुपस्थित पाइएको थियो। सहरी विकासका २ कर्मचारीले समय पालना नगरेको भेटिएको थियो भने ४ जनाले पोसाक उल्लंघन गरेका थिए। श्रम तथा रोजगारका ४९ कर्मचारी कार्यालयमा भेटिएका थिएनन्। उद्योगका ३६ जना अनुपस्थित थिए भने ३ जनाले पोसाक लगाएका थिएनन्। सिंहदरबारभित्रकै मुद्रण विभाग, पुनर्निर्माण प्राधिकरणले पनि कारवाहीको विवरण पठाएको छैन। सम्बन्धित मन्त्रालयका विभाग, परियोजना, आयोजनाले समेत कारवाहीको विवरण पठाएका छैनन्।

सतर्कता केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार आर्थिक वर्ष ०७६र७७ को मंसिर १५ सम्म १ हजार ७ सय ६० कर्मचारी छड्केमा परेका छन्। १ हजार ४ सय ४५ जना अनुपस्थित थिए भने ३ सय १५ जनाले तोकिएको पोसाक लगाएका थिएनन्। छड्ेकमा परेकामध्ये ५ सय ३० जनामाथि कारवाहीको जानकारी केन्द्रलाई प्राप्त भएको उनले बताए। अझै १ हजार २ सय ३० कर्मचारीको कारवाही विवरण सम्बन्धित मन्त्रालयरकार्यालयले दिएका छैनन्।

उनले पटक पटक ताकेता गर्दा पनि सम्बन्धित मन्त्रालयरकार्यालयले कारवाहीको विवरण नपठाएको बताए। ‘हामीले पटक पटक ताकेता गरेका छौं,’ उनले भने, ‘फोन र पत्रबाट ताकेता गरिरहेका छौं।’ उनका अनुसार कारवाही विवरण नपठाए सम्बन्धित मन्त्रालय वा कार्यालय प्रमुखलाई कारवाहीको सिफारिस गरिनेछ।

केन्द्रले पहिलो पटक छड्केमा पर्ने कर्मचारीलाई अलर्ट गराउने गरेको छ। दोस्रो पटक पनि छड्केमा परे कार्य सम्पादनको अंक घट्नेछ जसले बढुवा लगायतमा असर पर्न सक्छ। लोक सेवा आयोगको परामर्शमा कर्मचारी नसिहत पाउनेछ।

अस्पतालमा झन् अटेरी

सरकारी अस्पताल अझै अटेरी देखिएका छन्। सरकारी अस्पतालका चिकित्सक तथा कर्मचारी ठूलो संख्यामा छड्के अनुगमनमा परेका थिए। सर्तकता केन्द्रले वीर अस्पतालमा साउन २५ गते छड्के अनुगमन गरेको थियो भने कान्ति बाल अस्पतालमा भदौ १० मा छ्ड्के गरेको थियो।

सतर्कता केन्द्रका शाखा अधिकृत नारायणप्रसाद दाहालका अनुसार वीर अस्पतालमा ३ सय २१ कर्मचारी अनुगमनका बेला अनुपस्थित थिए भने १० जनाले तोकिएको पोसाक लगाएका थिएनन्। वीरले छड्के अनुगमन भएको ५ महिना हुन लाग्दा पनि कारवाही विवरण केन्द्रमा पठाएको छैन। कान्तिले ढिलै भए पनि कारवाहीको विवरण पठाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE