सिड्नी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो ।
केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी भइरहेका छन् । ती आगलागी थप फैलिदै गएपछि हजारौ मानिस विस्थापित भएका हुन् ।“पूर्वी गिप्पस्ल्याण्डका सवै जना आजै त्यहाँबाट अन्यत्र जानु पर्दछ, आगलागीका कारण थप क्षतिको खतरा बढेको छ,” अग्नी नियन्त्रण सम्वन्धी कार्यालयका एक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले थप लेखेका छन्, “त्यस क्षेत्रमा यात्रा नगर्नु, त्यस क्षेत्रमा कुनै पनि सहयोग र उद्धारका काम गर्न असंभव छ ।”गिप्सल्याण्डलाई चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा लाखौँ मानिसले यहाँ भ्रमण गर्ने, बिदा मनाउने गर्दछन् ।
आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स, तास्मानिया लगायतका क्षेत्रमा पनि चेतावनी दिइएको छ ।अष्ट्रेलियाका धेरै ठाउँमा ४३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको मौसम अधिकारीहरुले जनाएका छन् । त्यसैगरी ३५ किलोमिटर प्रतिघण्टाको गतिमा तातो हावा चलेको छ ।
घटनास्थलहरुमा ५ सय ५० भन्दा बढी अग्नी नियन्त्रकहरु र ७० भन्दा बढी विमान र हेलिकोप्टरहरु पनि आपतकालिन उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राखिएको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: