Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सूचना प्रविधि विधेयकमाथि झुटो भ्रम फैलाइयो : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि विधेयकमाथि झुटो भ्रम फैलाइएको आरोप लगाएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले विधेयकमा कुनै खराबी नहुँदा पनि भ्रम छर्दा अन्यौलता आएको टिप्पणी गरे ।

उनले सरकारले जसलाई मनलाग्यो त्यसैलाई कारबाही गर्छ भन्ने भ्रम फैलाइएको भन्दै विधेयकमा धारामा त्यस्तो व्यवस्था नभएको बताए । उनले भने ‘सरकारले नै सबैलाई जसलाई मन लाग्यो त्यसलाई कारबाही गर्छ भन्ने जसरी हल्ला चलाइएको छ । विधेयकको धारा १५ को उपदफा २ मा दशी प्रमाणको आधारमा कारबाही गर्ने भनिएको छ, सरकारले कारबाही गर्ने पनि होइन’ बास्कोटाले भने, ‘जिस्क्याएको, होच्याएको, मानमर्दनको सवालमा पनि आलोचना गर्नेबाट आफू अनुकूल ब्याख्या गर्ने काम भएको छ । तर निरन्तर भन्ने शब्द खुसुक्क खत्लीमा हाल्ने काम भएको छ ।’

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेरसमेत भ्रम फैलाइएको भनेर चर्को असन्तुष्टी देखाए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’ उनले अघि भने, ‘दर्ता आम प्रयोगकर्ताले होइन, जसले सामाजिक सञ्जाल चलाउँछु भन्छ, त्यसले गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।

सरकारलाई बद्नाम गर्न, नागरिकलाई उचाल्न विधेयकबारे फोस्रो प्रचार गरिएको उनको दाबी छ । सरकारले ल्याएको विधेयकमा संसदीय समितिले संशोधन गर्दा विपक्षीका ८ वटा सुझाव स्वीकार गरिएको भन्दै उनले भने, ‘सत्य छोप्ने काम नगरौं । होइन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्नुपर्ने हुन्छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy