Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

यी ७ महिला सीडीओका अनुभव : कोही रुन्छन्, कोही फाइल पुरुषतिर लान्छन्

काठमाडौं । नेपालका सतहत्तर जिल्लामध्ये हाल सात जिल्लामा महिलाहरू प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा कार्यरत छन् । नेपालको प्रशासनिक इतिहासमै यति धेरै महिला प्रजिअ बनेको यो पहिलो पटक हो।

निजामती प्रशासनमा निकै चुनौतीपूर्ण पद मानिने प्रजिअका रूपमा काम गर्ने महिलाको सङ्ख्या बढ्नुलाई सकारात्मक रूपमा हेर्नुपर्ने प्रशासनविद्हरू बताउँछन्।

हाल प्रजिअका रूपमा कार्यरत सातैजना महिलासँग उनीहरूको अनुभवबारे बीबीसी नेपालीका संवाददाता विष्णु पोखरेलले गरेको कुराकानी जस्ताको तस्तैः

महिलालाई अलि बढी नै निगरानी गर्छन्
चन्द्रकला ओली, तेह्रथुम

\"चन्द्रकला

मलाई सानैदेखि समाजसेवा, राष्ट्रसेवा गर्ने इच्छा थियो। सानैदेखिको त्यो इच्छाअनुसार नै म निजामती सेवामा प्रवेश गरेँ। म २०६३ सालमा शाखा अधिकृतका रूपमा प्रवेश गरेकी हुँ।

मेरो जन्मस्थान झापाको बुद्धशान्ति गाउँपालिका हो। हालको ठेगाना काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका हो। यसअघि मैले मोरङ जिल्लामा करिब एक वर्ष सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेकी थिएँ। त्यसपछि तेह्रथुममा गत भदौ ५ गतेदेखि प्रजिअ बनेकी हुँ।

विगतमा हाम्रो पुरुषप्रधान समाजमा महिलालाई नेतृत्वमा भएको सहजै स्वीकार गर्ने अवस्था थिएन। तर तेह्रथुममा म आउनुभन्दा अगाडि पनि महिलाहरू प्रजिअ बनेर गइसक्नुभएकाले खासै अप्ठ्यारो महसुस भएन।

महिला प्रजिअ बनेपछि सरोकारवालाले अलि बढी नै निगरानी गर्ने गर्छन्। बढी नै सचेत भएर हेर्ने गर्छन्। त्यसैले काम गर्दा एकदमै होसियारीपूर्वक गर्नुपर्ने हुन्छ। निजामती प्रशासनभित्र पनि महिलाले काम कम गर्छन्, घर व्यवहारमा बढी ध्यान दिन्छन् भन्ने सोच अझै पनि बाँकी छ। त्यो चाहिँ मलाई हाम्रो सामाजिकीकरणकै कुरा हो जस्तो लाग्छ।

महिलाले दोहोरो जिम्मेवारी लिनुपर्ने अवस्था छ। कार्यालयमा अझै पनि गहन जिम्मेवारी पाउन निक्कै गाह्रो हुन्छ। हामीले यहाँसम्म आइपुग्न निकै सङ्घर्ष गर्नुपर्‍यो। कति हाम्रो सामाजिक जीवनलाई त्याग्नुपर्‍यो। जस्तो मैले अहिले नै मेरा बालबच्चा छाडेर यहाँ आएकी छु। नयाँ आउने महिलाहरूलाई म एकदमै उत्साहित गर्न चाहन्छु। अहिले संविधानमै भएको व्यवस्थाले पनि सामाजिक सोचमा परिवर्तन आइरहेको छ।

सामाजिक धारणा बदल्न पनि हामीले चुनौती उठाउनुपर्छ। म त महिलाहरूलाई यो चुनौती होइन अवसर हो भन्छु। त्यसैले नयाँ पुस्ताका महिलाहरूलाई लोकसेवामार्फत् निजामती सेवामा प्रवेश गर्न र गृह प्रशासनमा आउन म आग्रह गर्छु।

ज्येष्ठ नागरिकहरू मलाई देखेर रुनुहुन्छ : लीलाकुमारी केसी पाण्डे, रामेछाप

\"लीलाकुमारी\"/

म ओखलढुङ्गामा जन्मिएकी हुँ। मैले एसएलसीसम्म त्यही पढेँ। त्यसपछि मैले उच्च अध्ययन काठमाण्डूमा गरेँ। ताहाचल क्याम्पसबाट मैले शिक्षाशास्त्र सङ्कायमा स्नातकसम्म अध्ययन गरेँ। स्नातकमा म देशभरिकै सबैलाई जितेर गोल्डमेडलिस्ट भएँ। त्यसपछि मैले जनसङ्ख्या अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ।

मैले स्नातक सक्ने बित्तिकै शाखा अधिकृतमा परीक्षा दिएँ र पास पनि भएँ। म २०५९ सालमा शाखा अधिकृत भएकी हुँ। त्यसपछि मैले जनसङ्ख्या तथा वातावरण अनि त्यसपछि स्वास्थ्य मन्त्रालयमा काम गरेँ। त्यसपछि सामान्य प्रशासन मन्त्रालय र योजना आयोग हुँदै गृह मन्त्रालयमा आएकी हुँ। मैले एक वर्ष मन्त्रालयमै बसेर योजना शाखा हेरेँ र त्यसपछि नौ महिनाअघि रामेछापमा प्रजिअ भएर आएकी हुँ।

सर्वप्रथम निजामती सेवामा प्रवेश गर्न मलाई बुवाले प्रेरणा दिनुभएको हो। जब म बुझ्न सक्ने भएँ मलाई आफू आफ्नो खुट्टामा उभिने हुनुपर्छ र समाजमा केही रूपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले म यो सेवामा आएकी हुँ। महिला प्रजिअका रूपमा मैले महिला भनेर कुनै पनि चुनौती सामाना गर्नु परेन। म सानैदेखि पनि त्यस्तो नसोच्ने भएकाले पनि हुन सक्छ। तर प्रजिअ भएपछि जिम्मेवारी अलि फरक हुने रहेछ।

धेरै प्रकारका विषय र सरोकारवालासँग हामीले समन्वयमा रहनुपर्ने हुन्छ। महिला प्रजिअ कम हुने भएकाले समाजको अनुभूति चाहिँ मैले फरक पाएँ। त्यो एकदमै उत्प्रेरक रहेको छ किनकि धेरैले मलाई उत्प्रेरणा नै दिइरहनुभएको छ। कतिले त हाम्रा छोरी र बुहारीले पनि गर्न सक्ने रहेछन् भन्ने सोच बनाउनुभयो। त्यो एकदमै उत्प्रेरक लाग्छ मलाई।

छोरीलाई पनि पढाउनुपर्ने रहेछ भन्ने सोच आएको पनि मैले पाएँ। रामेछाप आएपछि विभिन्न स्थानमा गएर हामीले अन्तरक्रिया गरिरहेका छौँ। त्यो किन पनि गरेको हो भने हाम्रो जिम्मेवारी भनेको शान्ति-सुरक्षा पनि हो। त्यसका लागि भूगोल बुझेपछि रणनीति बनाउन सजिलो हुन्छ भनेर म र नेपाल प्रहरीका जिल्ला प्रमुख भएर यस्तो कार्यक्रम गरिरहेका छौँ। त्यस क्रममा धेरै ठाउँमा पुग्दा मेरो बुवाको उमेरका बुवाहरू निकै भावुक हुनुभयो। कति त रुनु पनि भयो।

आखिर हाम्रा छोरीहरूले पनि गर्न सक्ने रहेछनन् भन्ने उहाँहरूको कुरा रहेछ। गुञ्ची भन्ने स्थानमा त एकजना बुवाले आएर मलाई ूतिमी मेरी छोरी हौ, कालीकी रूप हौू भन्नुभयो। त्यसले मलाई एकदमै उत्प्रेरणा मिल्यो। त्यसले मलाई थप ऊर्जा दिएको छ। नयाँ आउने महिलाहरूलाई हामी रूपान्तरण गर्न सक्छौँ भनेर आउन म आग्रह गर्छु। हामी अहिले जनसङ्ख्याको हिसाबले काम गर्ने उमेरको सङ्ख्या एकदमै धेरै भएको अवस्थामा छौँ। त्यसैले यसलाई उपयोग गर्न म दिदीबहिनीहरूलाई आग्रह गर्छु।

सीडीओ सर नै हुन्छन् म्याडम र मिस हुँदैनन् भन्ने सोच छ : गोमादेवी चेम्जोङ्ग, सिन्धुपाल्चोक

\"गोमादेवी\"/

गाउँगाउँमा गएर सेवा गर्न पाइन्छ भन्ने कुराले मलाई निजामती सेवामा प्रवेश गर्न मनबाटै प्रेरित गरेको हो। मेरो घर ताप्लेजुङ हो। मैले २०६३ सालमा शाखा अधिकृत पास गरेकी हुँ।

खासमा जनजाति समुदायमा निजामतीतिर आकर्षित हुने मानिस कमै हुन्थे। तर क्याम्पस जीवनमा मेरा साथीभाईहरू धेरै क्षेत्री,बाहुन नै थिए। उनीहरू लोकसेवा अध्ययन गरिरहेका हुन्थे। त्यसैले मलाई निजामती सेवामा प्रवेश गर्न कसरी अध्ययन गर्ने भन्ने जानकारी दियो। म त्यसबेला त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेकी थिएँ। म उपसचिव २०६९ सालमा बनेकी हुँ।

गृह मन्त्रालय अन्तर्गत भने २०७४ सालमा मैले प्रवेश गरेँ। पहिलो कार्यकाल प्रजिअका रूपमा मैले भोजपुरमा काम गरेँ। त्यसपछि दोस्रो जिल्लाको रूपमा अहिले सिन्धुपाल्चोकमा आएकी हुँ। महिला प्रजिअ हुँदा मैले ुमहिला पनि सीडीओ हुन्छ ररुु भन्ने सोच रहेको पाएँ। त्यो एउटा ठूलो चुनौती हो। यस्तो पुरुषवादी सोच निजामती प्रशासनभित्र पनि छ। त्यसलाई हटाउन समय लाग्छ जस्तो लाग्छ। पुरुषकै बराबर काम गर्दा पनि महिलाले चाहिँ कम गरेको जस्तो व्यवहार हुन्छ। पुरुषको दाँजोमा दाँजिनका लागि हामीले पुरुषभन्दा पनि १० प्रतिशत बढी काम गर्नुपर्छ।

भोजपुरमा म प्रजिअ हुँदा धेरै ज्येष्ठ नागरिकहरू महिला पनि सीडीओ भएको रे१ भन्दै हेर्न आउनुभएको थियो। कतिले त सीडीओ साहब कता हुनुहुन्छरु भन्दै सहायक प्रजिअतर्फ गएको पनि देखियो। अझै पनि हाम्रोमा सीडीओ सर नै हुन्छन् म्याडम वा मिस हुदैँनन् भन्ने सोच बाँकी नै छ। तर हामीले यसलाई चुनौती र अवसर दुवै रूपमा लिनुपर्छ भन्ने लाग्छ। नयाँ आउने महिलाहरूलाई म के भन्न चाहन्छु भने- यो निजामती सेवा सबैभन्दा निष्पक्ष हुने भएकाले जो अध्ययनशील हुनुहुन्छ, उहाँहरूले अन्यत्रको साटो यतै प्रयास गर्नुहोला। अनि सेवामा प्रवेश गरेपछि म गृह प्रशासनमा प्रवेश गर्न आग्रह गर्छु। त्यसको कारण के हो भने गृह प्रशासनमा काम गरेपछि हाम्रो नेतृत्व क्षमता निकै बढ्छ।

अझ प्रजिअ भएपछि त धेरै कुराहरूमा ध्यान दिनुपर्ने भएकाले यो एकदमै चुनौतीपूर्ण र नेतृत्व क्षमताका लागि राम्रो स्थान हो। नेपालको जनसङ्ख्यामा महिलाको हिस्सा बढी छ। त्यसैले जति पनि समस्याहरू आउँछन् त्यो महिलासँग सम्बन्धित धेरै हुन्छन्। त्यसैले महिला प्रजिअ भएमा ती समस्या हल गर्न पनि सहज हुन्छ।

महिलाले के गर्न सक्छन् र ? भन्ने सोच बाँकी नै छ : हुमकला पाण्डे, भक्तपुर

\"हुमकला\"/

निजामती सेवा स्थायी सेवा रहेकाले र जनताका बीचमा बसेर काम गर्न पाइने भएकाले म प्रेरित भएकी हुँ। यसको स्थायित्व र प्रतिष्ठाले पनि मलाई आकर्षित गरेको हो। महिलाका समस्यालाई पनि स्थानीय तहमा नै रहेर समाधान गर्न सकिने भएकाले म यता आकर्षित भएँ।

मैले निजामती सेवामा २०६३ सालमा प्रवेश गरेकी हुँ। भक्तपुरमा प्रजिअ भएर आउनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोजको प्रदेश नम्बर ३ को कार्यालय प्रमुखका रूपमा मैले काम गरेकी थिएँ। म प्रजिअका रूपमा भर्खरै आएकाले यसको चुनौतीबारे बुझ्दैछु। तर पहिले नै अर्धन्यायिक निकायको प्रमुखका रूपमा काम गरिसकेकाले मलाई काम गर्न सक्छु भन्ने विश्वास छ। महिला भएकाले भोग्नुपर्ने चुनौती त छदैँछ।

महिलाले के गर्न सक्छन् र ? भन्ने सामाजिक दृष्टिकोण रहेको छ। तर मलाई त्यसलाई चिरेर काम गर्न सक्छु भन्ने विश्वास छ। महिलाहरूले जति पनि कार्यक्षेत्रमा गएर काम गरिरहनुभएको छ। महिलाहरू अहिले निजामती सेवामा २४ प्रतिशत जति छन्। महिलाको प्रवेश दर बढिरहेको छ। त्यसैले महिलाहरूले आफू केही गर्न सक्छु भनेर आउँदा सबैभन्दा राम्रो अवसर हो यो।

महिलाहरू निजामती सेवामा आएमा महिलाले महिलाकै समस्या समाधान गर्न पनि निकै सहज हुन्छ। जनताले पनि विश्वास गर्छन्।

सुरुमा कसरी काम गर्लान् भन्ने सोच देखिन्थ्यो, अहिले परिवर्तन हुँदैछ : कल्पना घिमिरे नेपाल, पर्वत

\"कल्पना

खास गरेर निजामती सेवामा प्रवेश गर्न परिवारले नै प्रेरणा जगाउनुभएको हो। त्यसपछि म आफैँलाई निजामती सेवाको उच्च तहमा जाने आकाङ्क्षा बढेको हो। म २०६६ सालमा शाखा अधिकृत भएकी हुँ।

२०७२ सालमा म उपसचिव भए। उपसचिवका रूपमा मैले वातावरण विभाग, कृषि विकास मन्त्रालयमा काम गरेँ। त्यसै क्रममा म युरोपमा अध्ययनका लागि पनि गएँ। उताबाट फर्केपछि मैले अध्यागमन कार्यालयमा काम गरे। त्यसपछि मैले रुपन्देहीमा सहायक प्रजिअ भएर काम गरेँ अनि पर्वतमा प्रजिअ बनेको सात महिना भयो।

खास गरेर सुरुमा आउँदा महिला प्रजिअले के कसरी काम गर्ने हो भन्ने खालको व्यवहार देखियो। करिब एक महिनासम्म अलि फरक व्यवहार थियो। अहिले भने त्यस्तो छैन। मैले यो पद लैङ्गिक पद होइन भन्ने सन्देश पनि दिएँ। त्यसले अहिले परिवर्तन आएको महसुस गरेकी छु।

निजामती सेवामा र अझ गृह प्रशासनमा प्रवेश गर्न चाहने महिलालाई म के भन्न चाहन्छु भने हामीलाई परिवारको साथ र आफ्नो आँट भयो भने सहज हुन्छ। प्रजिअ हुन चाहनेले चाहिँ जुनसुकै बेला जहाँ पनि खटिन सक्छु र सबैलाई समन्वय गरेर जान्छु भन्ने सोच राख्नुपर्छ।

कर्णालीका नागरिकले ममा आफ्ना छोरी-बुहारीको भविष्य देखे : दुर्गा बञ्जाडे, जुम्ला

\"दुर्गा

मलाई निजामती सेवामा प्रवेश गर्न दुईवटा कुराले प्रेरित गरेको हो। पहिलो कुरा भनेको स्थानीय तहमा नागरिकको घरदैलोमा पुगेर सेवा दिन सकिन्छ भन्ने सोच हो। दोस्रो चाहिँ निजामती सेवा भनेको स्थायी संरचना हो।

यसमा योग्यताक्रमबाट छानिएर आउने व्यक्तिहरूले नै अवसर पाउने भएकाले पनि मलाई यसमा आउन उत्प्रेरित गरेको हो। म निजामती सेवामा २०६८ सालमा शाखा अधिकृत भएकी हुँ। त्यसअघि पनि म निजामती सेवामा नै थिएँ। २०७४ सालमा म उपसचिव भएकी हुँ। पहिले मैले सिन्धुपाल्चोक जिल्लामा सहायक प्रजिअका रूपमा दुई वर्ष काम पनि गरेकी हुँ।

जुम्लामा प्रजिअ भएको १० महिना भयो। प्रजिअका रूपमा रहँदा विभिन्न खाले चुनौती हुने नै भए। त्यसमा महिला र पुरुष प्रजिअले भोग्नुपर्ने चुनौती फरकफरक छन्। महिलाले हरेक पटक परीक्षा दिनुपर्ने अवस्था हुन्छ। तर त्यसलाई चुनौतीका रूपमा भन्दा मैले अवसरका रूपमा लिएकी छु।

कानुनी रूपमा वर्जित भएकाले प्रत्यक्ष रूपमा महिलालाई विभेद त गरिदैँन तर त्यो कताकता देखिन्छ। म कर्णाली प्रदेशमै पहिलो महिला प्रजिअ भएर आएकाले यस क्षेत्रका धेरैले मलाई हेरेर ममाथि भविष्य पनि देख्नुभयो। कतिपयले आफ्ना श्रीमती, छोरी, बुहारी वा भाञ्जीमा महिला प्रजिअको भविष्य पनि देख्नुभयो।

भविष्यमा निजामती सेवामा प्रवेश गर्न चाहने वा प्रजिअ बन्न चाहनेका लागि म के भन्न चाहन्छु भने- जो व्यक्ति जहाँ हुनुहुन्छ त्यहाँ पेशाप्रति इमानदार भएर काम गर्नुहोस्। म वर्गीकरणमा कहाँ पर्छु भन्ने भन्दा पनि चुनौती लिनुहोस्, अवसर तपाईँलाई पर्खिरहेको छ।

सीडीओ साप भन्दै हट्टाकट्टा पुरुषतिर फाइल लिएर जान्छन् : विनिता भट्टराई, हुम्ला

स्थानीय महिलाहरूसँग हुम्लाकी प्रजिअ विनिता भट्टराई

\"विनिता

सुरुमा मैले निजामती सेवामा प्रवेश गर्ने सोचेकी थिइनँ। तर २०६२र६३ को आन्दोलनपछि हाम्रो कलेजमा संस्थागत रूपमा नै लोकसेवा भर्ने महिला कम भए भनेर अभियान चलाउन आएपछि मलाई निजामती सेवामा आउन प्रेरित गर्‍यो। त्यसपछि मैले फर्म भरेर लोकसेवा दिएँ र पास पनि गरे।

म शाखा अधिकृतका रूपमा सेवामा प्रवेश गरेकी हुँ। डेढ वर्षअघि म गृह प्रशासनमा प्रवेश गरे। हुम्ला आएको पाँच महिना भयो। त्यसअघि केही समय मैले सुर्खेतमा सहायक प्रजिअका रूपमा काम गरेकी थिएँ। महिला प्रजिअ भएर आएपछि मैले यहाँ फरकफरक कुरा महसुस गरेँ।

हुम्लामा धेरै महिला अशिक्षित हुनुहुन्छ। त्यसले पनि होला कतिपय महिलालाई महिला पनि प्रजिअ हुन्छन् र भन्ने पनि हुँदोरहेछ। कतिपयले महिलालाई प्रजिअ हो भन्ने नै ठान्ने नै रहेनछन्। कतिपयले त फाइल लिएर आउँदा म प्रजिअको कुर्सीमा बसेको भए पनि छेउमा हट्टाकट्टा पुरुष बसेको देखे भने सीडीओ साप भन्दै उतै फाइल लाने गरेको पनि देखिन्छ।

फेरि यहाँ त महिलालाई खासमा समान नागरिकको जस्तो व्यवहार कमै हुने भएकाले पनि होला। केही काम गर्न सहज पनि हुन्छ किनकि महिलालाई दबाव दिने कम हुन्छ। महिलाले त नियमबाहिर गएर काम गर्दैनन् भन्ने पनि हुन्छ।

निजामती प्रशासनमा पनि कम गर्दैनन् भन्ने सोच भएको देखिन्छ। मैले आफैँले चाहिँ त्यस्तो अनुभव गरेकी छैन। प्रशासनिक क्षेत्रमा आउन चाहनेहरूलाई म के भन्छु भने- रुचि छ भने यस क्षेत्रमा आउँदा धेरै काम गरेर देखाउने अवसर छ। यो राजनीतिक पद पनि हो त्यसले गर्दा यहाँ चुनौती पनि छ, अवसर पनि छ। नेतृत्व विकास गर्नेका लागि प्रजिअ पद एकदमै उपयुक्त हो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE