एजेन्सी । इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ ।
अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो ।
एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ ।
सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो ।
तेहरानका अनुसार अब उसले सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ ।
उक्त घोषणा तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपश्चात् गरिएको हो ।
गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका एकजना निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए ।
त्यसपछि उनले इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए ।
इराकमा के भइरहेको छ ?
दुई देशबीच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको समाचार आएको छ ।
बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको उक्त दूतावासलाई लक्षित गर्दै चार पटक अप्रत्यक्ष प्रहार गरिएको एउटा समाचार स्रोतले बीबीसीलाई बताएको छ। त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन।
इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिवार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविहरूबाट आइतवार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो ।
यसैबीच अमेरकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो ट्वीटमा यदि इरानले अमेरिका लक्षित आक्रमण गरे अमेरिकाले त्यसको जवाफ दिने र आफूले आफ्नो उदेश्यबारे अमेरिकी कङ्ग्रेसलाई सूचित गरिसकेको बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले चाहिँ इराकस्थित अमेरिकी सैन्यबल त्यहाँबाट हट्नुपर्ने भनी त्यहाँको संसद्बाट पारित एउटा संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको छ ।
वासिङ्टनले इराकी नेताहरूलाई उनीहरूबीचको साझेदारीको महत्त्वबारे विचार गर्न आग्रह गरेको छ ।
सो प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन् ।
इरानमा के भइरहेको छ ?
सम्मान व्यक्त गर्न सयौँ हजार इरानीहरू बाहिर निस्केका छन्।
सुलेमानीको तस्बिर बोकेका शोकाकुलहरूको मानव समुद्रले दक्षिण-पश्चिमी सहर अहवाजमा उनीप्रति अन्तिम श्रद्धा व्यक्त गरेको छ ।
त्यहाँबाट उनको पार्थिव शरीरलाई मसहद लगिएको छ । सुलेमानीको अन्त्येष्टि मङ्गलवार उनको गृहनगर कैर्मानमा गर्ने योजना बनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: