काठमाडाै । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ ।
धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले आज नयाँ इतिहास कायम गरेको हो ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।
नेप्सेका अनुसार आज सबैभन्दा बढीको कारोवार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै रु १९ करोड ४९ लाख १३ हजार ४१३ को कारोवार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एशिया बैंक रु ६ करोड ४८ लाख ६३३, प्रभु बैंक रु चार करोड २० लाख १२ हजार ९१२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु चार करोड ६ लाख ५० हजार ८६१, एनसिसी बैंक रु दुई करोड ९१ लाख २५ हजार २६१, एनएमबी बैंक रु दुई करोड ६८ लाख ७४ हजार ९५५, लुम्बिनी विकास बैंक रु दुई करोड ६३ लाख ९५ हजार ५४३ र सिद्धार्थ बैंक रु दुई करोड ३५ लाख ३० हजार ८१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाए ।
त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।
डिप्रोक्को ४५ प्रतिशत लाभांश स्वीकृत
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत शेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: