काठमाडौं । बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् ।
विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरुले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरेका हुन् । बुद्धवचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवङ्गत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास छ ।
उक्त घटनाबाट मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियामा १० हजार ऊँट मार्न लागिएकामा त्यसो नगर्न आग्रह गरिएको छ । केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठूलो धनजनको क्षति पुगेको जनाइएको छ । सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ ।
समितिले बौद्ध दर्शनको महत्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ । समितिका अध्यक्ष टीका शेर्पाले करीब रु चार करोडको लागतमा सो साहित्य नेपालीमा अनुवाद सम्पन्न गरिने जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: