Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

खबरडबली संवाददाता

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको बताएका छन्।

नेकपा एमाले र नेकपा एस हुँदै हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा रहेका पाण्डेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा २०७९ को निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले अपेक्षित गति लिन नसकेको दाबी गरे। स्थानीयको आग्रहमा पुनः चुनावी मैदानमा उत्रिएको उनले बताए।

पाण्डेले आफू पदमा रहँदा मात्र नभई बाहिर रहँदा पनि पाल्पाको विकासमा निरन्तर सक्रिय रहेको उल्लेख गरे। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि विशेष पहल गरेको स्मरण गर्दै उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेट सुनिश्चित गर्न दबाब दिएको दाबी गरे।

सुरुङमार्गका लागि आवश्यक प्राविधिक सहयोग जुटाउन विदेशी विज्ञसँग समन्वय गरिएको उनको भनाइ छ। स्रोत सुनिश्चित गरी सुरु भएको निर्माणले तिनाउ क्षेत्रसहित पाल्पा आउने–जाने यात्रुलाई सहजता हुने उनले बताए।

पाल्पालाई पर्यटकीय हब बनाउने योजना प्रस्तुत गर्दै पाण्डेले तानसेनलाई ऐतिहासिक तथा पर्यटकीय शहरका रूपमा विकास गर्ने आफ्नो दृष्टि रहेको बताए। लुम्बिनीसँग तानसेनलाई जोड्दै श्रीनगर क्षेत्रमा बौद्ध मन्दिर तथा ‘बुद्ध गार्डेन’ अवधारणा अघि सारेको उनले उल्लेख गरे।

श्रीनगरलाई हिल स्टेशनका रूपमा विकास गर्ने, तानसेन–पोखरा सडक स्तरोन्नति, हार्थोक–छहरा सडक सुधार, तथा माडी क्षेत्रमा चक्रपथ निर्माणजस्ता पूर्वाधार योजनामा आफूले पहल गरिरहेको पाण्डेले बताए।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय सम्पत्तिमाथि भएको क्षतिलाई गम्भीर रूपमा लिनुपर्ने धारणा पनि राखे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

भारतको बजेट भाषणमा नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE