Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

खबरडबली संवाददाता

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८२ माघ १७ गते भएको परीक्षामा अर्काको नाममा परीक्षा दिने, नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गर्ने र आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले नक्कली परीक्षार्थी, परीक्षा दिन लगाउने तथा मतियारको भूमिकामा रहेका व्यक्तिहरूमाथि लिखत किर्ते र आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेहरूमा केशव थापा (छेडागाड–११, जाजरकोट), रमेश नेपाली (दुल्लु–१, दैलेख), वीरबहादुर ठाडा (गुर्भाकोट–१३, सुर्खेत), विपेश सिंह, ललित रावल, सूर्यकिरण शाही, निरज शाही र नवराज विक (कुसे–२, जाजरकोट), चन्द्र शाह (छेडागाड–१०, जाजरकोट), रामु कार्की (बैजनाथ–२, बाँके), मोतिलाल थारु (बैजनाथ–१, बाँके) तथा पूर्णबहादुर सिंह (स्थायी: कुसे–२, जाजरकोट; हाल: वीरेन्द्रनगर–९, सुर्खेत) रहेका छन्।

प्रहरीका अनुसार केशव थापा, रमेश नेपाली, वीरबहादुर ठाडा, चन्द्र शाह, नवराज विक, रामु कार्की र मोतिलाल थारु नक्कली परीक्षार्थीका रूपमा सहभागी भएका थिए भने अन्यले परीक्षा दिन लगाउने र मतियारको भूमिका खेलेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनले लोकसेवाजस्ता संवेदनशील परीक्षामा यस्ता गतिविधि कानुनविपरीत रहेको भन्दै दोषीमाथि कडा कारबाही गरिने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

भारतको बजेट भाषणमा नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा

काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE