Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

इरान विमान दुर्घटना : झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेरणादायी प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन्।

इरानले शनिवार भुलवश त्यो विमान खसालेको स्वीकार गरेको थियो। तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए।

किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो।

विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो।

प्रदर्शनमा के भयो ?
सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएको बताइएको छ।

सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ।

विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै ूमुख्य कमान्डर राजीनमा गरू र \'झुटो बोल्नेहरूलाई मृत्यु\' भन्दै नाराबाजी गरेका थिए।

फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरूलाई प्रहरीले तितरबितर पारेको थियो। सामाजिक सञ्जालमा अश्रुग्याँस प्रहार गरिएको भिडिओ देखिएको छ।

सरकारको कदमले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई क्रुद्ध बनाएको छ।

एक जना प्रयोगकर्ताले लेखेका छन् ‍ \'म मेरा देशका निकाय, घटनास्थलमा भएका र झुटो बोलेकाहरूलाई कहिले पनि माफी दिने छैन।\'

सुलेमानी मारिएपछि भएका प्रदर्शनका तुलनामा भने पछिल्लो प्रदर्शन निकै सानो छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अङ्ग्रेजी र फारसी भाषामा ट्वीट गरेका छन् ।

त्यसमा उनले भनेका छन् इरानका बहादुर तथा पीडित नागरिकहरू म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमा भएको प्रदर्शनको भिडिओ ट्वीट गरेका छन्।

उनले लेखेका छन्, इरानी नागरिकहरूको आवाज स्पष्ट छ। उनीहरू शासकहरूको झुट, भ्रष्टाचार, अयोग्यता र इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)को क्रूरताबाट थाकिसकेका छन्। हामी इरानी नागरिकहरूको पक्षमा छौँ जो योभन्दा राम्रो भविष्यको लायक छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE