Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

कर्णालीमा समाजका अगुवा महिला नै नै छाउगोठमा बस्न बाध्य भएपछि…

काठमाडौँ  । कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - छाउगोठ भत्काउन निर्णय गर्ने अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाकी सदस्य यशोदा बोहरा आफैं भने छाउगोठमा
वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ । टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् ।

टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन् । मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन् । वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ । तर, सामाजिक कुसंस्कारका कारण महिलाहरू छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन् ।

‘छाउ भएका वेला घरभित्र बस्दा देउता रिसाउने मान्यता छ । त्यसैले सासू–ससुराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि गोठभित्र बस्नुपर्छ ।’ साँघुरो घरमा छुट्टै कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले बताइन् ।

बान्नीगढी–जयगढ गाउँपालिका–५, स्थित आदर्श आधारभूत विद्यालयमा १२ वर्षदेखि पढाउँदै आएकी मिठु बोहराको घरनजिकै छाउगोठ छ । उनी महिनावारी हुँदा कहिल्यै घरभित्र पस्नसमेत पाएकी छैनन् । छाउपडीजस्ता सामाजिक कुसंस्कारविरुद्ध शिक्षा दिनुपर्ने उनी आफैँ महिनावारी हुँदा छाउगोठमा बस्छिन् । ‘भित्रै बस्न पाउनुपर्ने हो, तर परिवार र समाजले अवरोध गर्छ,’ बोहराले भनिन्, ‘समाजका सबै महिला छाउगोठमै बस्छन्, म मात्रै भित्र बस्दा समाजले के भन्ला भन्ने डर लाग्छ ।’

छाउ हुँदा छुट्टै बस्नु कुसंस्कार हो भन्ने बुझेका र यस्ता कुसंस्कार हटाउने अभियानमा लाग्नुपर्ने अधिकांश महिला नै छाउगोठबाट बाहिर निस्कन सकेका छैनन् । अझ, स्वास्थ्य स्वयंसेविकाहरू नै छाउगोठमा बस्छन् । वडा नं। ४ को स्वास्थ्य चौकी इन्चार्ज चन्दकला जैशी भन्छिन्, ‘हाम्रो वडामा १० जना महिला स्वास्थ्य स्वयंसेविका छन्, तीमध्ये नौजना छाउगोठमा बस्छन् ।’ स्वास्थ्य स्वयंसेविका कोही पनि छाउगोठमा नबस्ने र अरूलाई पनि नबस्न सचेत गराउने अभियानअन्तर्गत औपचारिक छलफल सुरु भएको उनले बताइन् ।

जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका आफैँले छाउप्रथा मान्दा यो कुसंस्कारविरुद्धको अभियानमा चुनौती रहेको अगुवा महिला बताउँछन् । ‘कुसंस्कारविरुद्ध लड्न नसक्दा कतिपय महिला जनप्रतिनिधि, शिक्षिका आफैँ छाउगोठमा बसिरहेका छन्,’ छाउपडी अन्त्यको अभियानमा सक्रिय पशुपति कँुवर भन्छिन्, ‘अब उहाँहरू नै अघि आउनुपर्छ । छाउपडी कुसंस्कार हो भनेर बुझेकाहरू नै गोठमा बस्दा चेतनाको कमी भएकालाई के भनेर बुझाउने रु’

तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढा जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका छाउगोठबाट बाहिर आउन सके मात्रै छाउपडी प्रथा अन्त्य गर्न सजिलो हुने बताउँछिन् । ‘जसले समाजको नेतृत्व गर्छ, उही मान्छे छाउगोठमा बसेसम्म यो प्रथा हटाउन असम्भव छ,’ उनी भन्छिन्, ‘स्थानीय तहहरूले सबैभन्दा पहिले सरकारका प्रतिनिधिलाई छाउगोठमा बस्न नदिने र बसेको पाइए कारबाही गर्नुपर्छ ।’

छाउ भएका शिक्षिकालाई विद्यालय जानसमेत अवरोध छ । तुर्माखाँद–८ को सरस्वती प्राविकी शिक्षिका जमुना रावल पहिले–पहिले छाउ भएका वेला पनि विद्यालय जान्थिन् । ‘म सुरुसुरुमा महिनावारी भएका वेला विद्यालय पनि गएको हो । तर, विद्यालयनजिकै देउताको मन्दिर भएकाले त्यहाँ जान मिल्दैन भनेर विरोध भयो । त्यसैले अहिले महिनावारी भएका वेला म बिदा लिएर बस्छु,’ उनले भनिन्, ‘हाम्रो गाउँमा छाउ नबार्ने एकजना वडा सदस्य थिइन् । उनले सुरुमा महिनावारी बारिनन् । त्यसपछि कसको छोरी हो रु कहाँबाट ल्याएको हो रु भैँसी पाल्ने गोठमा बस्दिनँ भन्ने राजाको छोरी हो कि भनेर उनलाई समाजले बहिष्कार गरे ।’ यसरी समाजकै डरले चेतनशील महिलाहरू पनि छाउगोठमा बस्न बाध्य छन् ।

अछाम मात्र होइन, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीवरिपरि नै छाउगोठ छ । कैलालीको गोदावरी–१२ का वडा सदस्य बाली साउदको घरमै छाउगोठ छ । उनका छोरी र बुहारी महिनावारी हुँदा अहिले पनि छाउगोठमै बस्छन् । अरू सबैले छाउगोठ भत्काए मात्र आपूmले पनि भत्काउने बालीकी श्रीमती रम्बाको भनाइ छ । तर पनि महिनावारी भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र पस्न नदिने उनले स्पष्ट पारिन् । ‘सबैतिर भत्काए हाम्रो छाउगोठ पनि भत्काउने कुरा भएको छ । तर, छाउ भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र बस्न दिन मिल्दैन,’ रम्बाले भनिन्, ‘श्रीमान् जनप्रतिनिधि मात्र होइन, धामी पनि हुनुहुन्छ । महिनावारी भएको महिला घरभित्र छिरे उहाँ काम्नुहुन्छ ।’

बान्नीगढी–जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्का भन्छन्–जनप्रतिनिधि, शिक्षक, स्वयंसेविका जो भए पनि छाउगोठमा बसेको पाइए कारबाही गर्छौँ

गाउँपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । माघ पहिलो साताबाट सबै वडामा अभियानलाई तीव्र रूपमा अघि बढाउँदै छौँ । छाउगोठ भत्काएर भित्र बस्दा देवीदेउता रिसाउँछन् भनेर स्थानीय बासिन्दा डराएका छन् । तैपनि यो कुसंस्कारविरुद्ध हाम्रो अभियान जारी छ । माघभित्र गाउँपालिकामा रहेका सबै छाउगोठ भत्काइसक्छौँ । हो, अहिले पनि जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य स्वयंसेविका पनि अझै छाउगोठमा बस्छन् । जनप्रतिनिधि, स्वयंसेविका जो भए पनि छाउगोठमा बसेको पाइए कारबाही गर्छौँ ।

हामीलाई छाउगोठ भत्काउन खास गाह्रो भएन । तर, स्थानीय बासिन्दा भने दुःखी छन् । उनीहरूलाई देवीदेउताको डर छ । कतै केही होला कि भन्ने अझै भय छ । तर, छाउगोठ भत्काएपछि फेरि बनाएर बस्न मिल्दैन भनेका छौँ । छाउगोठ भत्काउने मात्र होइन, यो महिलामाथिको अत्याचार हो भनेर सामाजिक सचेतना अभियान पनि सञ्चालन गर्ने तयारीमा छाँै । पहिला हामी सम्झाउँछौँ, अब छाउगोठमा बसे सरकारी सुविधाबाट वञ्चित गर्ने, पक्राउ गरेर कारबाही पनि गर्छौँ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE