Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिन लाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।

यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले छ खेलमा तीनमा जीत तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अङ्क प्राप्त गरेको छ । तीन खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार १० अङ्कसहित चौथो स्थानमा छ भने दुई खेलमा जीत, एकमा हार तथा तीन खेलमा बराबरी खेल्दै नौ अङ्कका साथ जावलाखेल पाँचौँ स्थानमा छ ।

यसैगरी न्युरोड टिम तीन खेलमा जीत, दुईमा हार र एक खेलमा बराबरी खेल्दै आठ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, दुईमा हार तथा दुईमा बराबरी खेल्दै आठ अङ्कसहित सातौँ, सङ्कटा क्लब दुई खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्कसहित आठौँ, ब्रिगेड ब्वाइज क्लब दुई खेलमा जीत, तीनमा हार तथा एक खेलमा बराबरी खेल्दै सात अङ्कसहित नवौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार तथा तीन खेलमा बराबरी खलेर छ अङ्कका साथ १०औँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब एउटामा जीत, तीनमा हार र एकमा बराबरी खेल्दै पाँच अङ्कसहित ११औँ स्थानमा, फ्रेन्डस् क्लब एक खेलमा जीत, तीनमा हार र दुई खेलमा बराबरी खेलेर पाँच अङ्कका साथ १२औँ, हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा चारमा बराबरी खेल्दै चार अङ्कका साथ १३औँ तथा सरस्वती युथ क्लब पाँच खेलमा हार तथा एक खेलमा बराबरी खेल्दै लिगको पुछारमा रहेको छ ।

छैटौँ चरणको आज अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । आजको खेल जिते आर्मी १५ अङ्कका साथ लिगको शीर्ष स्थानमा पुग्नेछ । उक्त खेल सङ्कटाले जिते नौ अङ्कसहित पाँचौँ स्थानमा उक्लने छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending