Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी

काठमाडौं । सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरिसकेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई ‘फोन ट्यापिङ’ गर्न सक्ने प्रस्तावित व्यवस्थाको विरोध भइरहेकै पृष्ठभूमिमा ‘टेलिफोन ट्रयाक’ मेसिन खरिद प्रक्रिया अघि बढेको हो। यो प्रक्रियाको दुरुपयोग हुन सक्ने आशंका गरिएको छ।

सरकारले ट्रयाकिङ प्रणाली खरिद निम्ति माघ १५ गतेसम्म कागजपत्र बुझाउनु भन्दै बोलपत्र आह्वान गरेको हो। यो प्रणालीको स्थापना, वितरण, परीक्षण र कार्यसम्पन्न ९० दिनभित्र हुनुपर्ने बोलपत्रमा उल्लेख छ। यो प्रणाली सीआईबीअन्तर्गत रहने बोलपत्रमा उल्लेख छ। यो प्रणालीमा रेकर्ड गरिएको सबै प्रतिक्रिया कम्तीमा ६ महिनासम्म भण्डारण वा संरक्षित गर्न सकिन्छ। यो प्रणालीले व्यक्तिको सही अवस्था कम्तीमा ५ मिनेटको शुद्धताका साथ फेला पार्नसक्छ।

नेपाल पुलिसले भौगोलिक खोजी र लक्षित मोबाइल फोन प्रयोगकर्ता ट्रयाक गर्न। यसका लागि नेपाल प्रहरीले लक्षित मोबाइल फोनको सटीक भौगोलिक स्थान निर्धारण गर्न प्रणाली प्राप्त गर्दछ ९जसलाई प्रयोगकर्ता उपकरण वा यूई भनिन्छ। जुन आन्तरिक कोष प्रयोग गरेर नेपालको कुनै पनि २ जी, ३ जी, ४ जी,९ जीएसएम, यूएमटीएस, भोल्टी० मोबाइल सञ्जालमा जोडिएको छ।

सीआईबीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले अपराधमा संलग्न मान्छे कहाँ छ भन्ने पत्ता लगाउन यो प्रविधि चाहिएको बताए। उनका अनुसार, अदालतको आदेशबाट मात्रै प्रहरीले व्यक्तिको ‘लोकेसन ट्रयाप’ गर्न गर्नेछ। ‘यो मेसिन बढी मात्रामा अपहरणमा संलग्न व्यक्ति खोज्न प्रयोग हुन्छ, अपहरणमा परेको उद्धारमा प्रयोग गर्ने उद्देश्य हो’, उनले भने, ‘त्यो पनि अदालतको आदेशमा मात्रै।’ हाल टेलिकमबाट मात्रै यो सुविधा उपलब्ध हुँदै आएको छ। टेलिकमबाट यो सुविधा लिँदा दुरुपयोग भएका थिए। कसैको कल डिटेल लिँदा अदालतको स्वीकृतिमा मात्र लिनु भन्ने आदेश सर्वोच्च अदालतबाट भएको थियो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले त्यसबारे आफूलाई जानकारी नभएको बताए। सरकारले दिएको बजेटमा रहेर प्रहरीले आवश्यक उपकरण खरिद गर्न सक्ने उनले स्पष्ट पारे। ‘मलाई त्यसबारेमा थाहा भएन, प्रहरीलाई सोध्नु होला’, उनले भने।

राष्ट्रियसभाका संसद् एवं अधिवक्ता राधेश्याम अधिकारीले सूचना प्रविधि विधेयकबारे व्यापक छलफल भइरहेको अवस्थामा यस्ता उपकरण खरिद गर्नु अनुचित भएको बताए। उनले उपकरणको प्रयोग गरेर व्यक्तिगत गोपनीयताको हकविरुद्ध जान नहुने बताए। उनले अदालतको आदेशविना कसैको फोन ट्रयाकिङ गर्न नपाइने बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE