Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

मनभित्रका छाउगोठ भत्काए संरचना आफैं ढल्छन्

सुर्खेत । एक साताअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीबाट छाउगोठ ९महिला महिनावारी हुँदा बस्ने ठाउँ० भत्काउने अभियान सुरु ग९यो। छाउगोठ भत्काउने अभियान अहिले पनि पश्चिम सुर्खेतमा निरन्तर चलिरहेको छ। देखिने छाउगोठ भत्काइरहे पनि मनभित्र रहेका त्यस्ता गोठ अझै भत्किएका छैनन्।

आजको नागरिक दैनिकमा खबर छ - बराहतालको चौरस्थित मिमसरा गिरीको छाउगोठ सरकारी टोलीले शनिबार भत्कायो। उनलाई महिनावारी भएको तीन दिन भएको थियो। सरकारले कारबाही गर्ने डरले छाउगोठ भत्काइए पनि उनको परिवारले कुनै प्रतिवाद गरेन। ‘तीन दिनमात्रै भएकाले मलाई घरभित्र पस्न दिइएन,’ उनले भनिन्, ‘आँगनमै स्याउलाले बारेर बसेकी छु।’ महिला समूह र सहकारीमा आबद्ध उनलाई छाउ बार्नुहुन्न भन्ने जानकारी नभएको होइन। ‘सहरतिर जाँदा छाउ बार्दैनौं, घरमा सासूससुरा हुनुहुन्छ,’ उनले थपिन्, ‘बाहिर बस्न रहर नभएर हाम्रा लागि बाध्यता हो।’ छाउगोठमा बस्न बाध्य महिला धामी, पुरोहित र पाका मानिसको मनभित्रको छाउगोठ नहटाउँदासम्म यो कुप्रथा अन्त्य नहुने बताउँछन्। ‘यसअघि पनि छाउगोठमुक्त अभियान चलाइएको हो तर प्रभावकारी भएन। भत्काएलगत्तै घरघरले छाउगोठ ठड्याए,’ मानकुमारी सुनारले भनिन्, ‘अब यो अभियान सफल पार्न मनभित्रका छाउगोठ भत्काउन सके बाहिर देखिने आफैं भत्किन्छन् भन्नेतर्फ ध्यान दिनुपर्छ।’

गृह मन्त्रालयले छाउपडी अन्त्य गर्न दिएको तीनबुँदे निर्देशनपछि अहिले सुर्खेतसहित सिंगो कर्णालीलाई छाउगोठमुक्त पार्ने अभियान जारी छ। पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा छाउप्रथा व्याप्त छ। एक सातामा पश्चिम सुर्खेतमा एक हजारभन्दा बढी छाउगोठ भत्काइएका छन्। छाउगोठ भत्काउने अभियानको नेतृत्व गरेका प्रजिअ वसन्त अधिकारी मानिसको मनमा वर्षौंदेखि जरा गाडेर बसेको छाउगोठ भत्काउन सकेमात्र बाहिर ठडिएका छाउगोठ भत्काएको अर्थ रहने बताउँछन्। ‘हामीले सुर्खेतलाई छाउगोठमुक्त बनाउन एक सातादेखि घरबाहिर देखिने गोठ भत्काइरहेका छौं, अबको केही दिनभित्रै जिल्लाभित्रका त्यस्ता सबै गोठ भत्किनेछन्,’ उनले भने, ‘यो मात्रै समाधान होइन, मानसिक रूपमा जरा गाडेर बसेका गोठ भत्काउन जनचेतनामूलक कार्यक्रम पनि आवश्यक छ।’

प्रजिअ अधिकारीले स्थानीय, प्रदेश र संघ सरकारका सरोकार राख्ने निकायले छाउगोठमा बस्दा हुने बेफाइदा, समस्या, महिला तथा किशोरीको स्वास्थ्यमा पर्ने असरलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले स्थानीय तहले नै आफ्नो पालिकालाई छाउगोठमुक्त घोषणा गर्नुपर्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE