काठमाडाैं । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने ९० करोडमा समेटिएको छ । स्टकका अनुसार आज कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरीदबिक्री भयो ।
कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३.५४ अङ्कले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको शेयर ०.८४ अङ्कले गिरावट भएको छ । बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत् ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बीमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बीमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेका छन् ।
आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोवार भयो । सो बैंकको शेयर रु सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो ।
आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९.९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९.८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९.७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९.४७ प्रतिशतले कमाए ।
स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २.७५, शिवम् सिमेन्टस् लिमिटेड २.६५, सानिमा बैंक (ऋणपत्र) २, दिव्यश्वरी हाइड्रोपावर १.८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १.७८ प्रतिशतले गुमाए । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: