काठमाडौ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारलाई सांसदहरुले आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा उनीहरुले सरकारकै लगानीमा रहेका कतिपय उद्योग रुग्ण अवस्थामा रहेको भन्दै तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नन्दा चपाईंले उद्योग कलकारखानालाई आर्थिक विकासको मेरुदण्डका रूपमा मानिएको भए पनि पछिल्ला दिनमा धेरै उद्योग कलकारखाना रुग्ण अवस्थामा रहेकाले तत्काल ती उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । “अहिले पनि कतिपय उद्योग बेवारिस अवस्थामा छन्, सरकारले तत्काल ती उद्योगलाई सञ्चालनमा ल्याउनुपर्छ”, उनले भने ।
सरकारी लगानीमा खुलेका करोडौँको पूर्वाधारसहित स्थापना भएका दर्जनौँ उद्योग अहिले पनि बन्द अवस्थामा छन् । वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा, भृकृटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागोलगायत उद्योग लामो समयदेखि बन्द रहेका छन् । ती उद्योगको संरचना जीर्ण अवस्थामा छन् ।
सरकारले बन्द भएका तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने बताए पनि ती उद्योग पूर्ववत् अवस्थामा सञ्चालनमा आउन सकेका छैनन् । लामो समय बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेड केही समयअघि सञ्चालनमा आए पनि त्यसले पर्याप्त उत्पादन दिन सकेको छैन ।
नेकपाका हरिचरण शिवाकोटीले सुविधासम्पन्न पूर्वाधार निर्माण गरेर चिकित्सा शिक्षा अध्ययन गर्ने उद्देश्यले सञ्चालनमा आएका अस्पताललाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराए । “अत्याधुनिक सुविधा दिने गरी सरकारको अनुमति लिएर नै सञ्चालनमा आएका अस्पताललाई चिकित्सा शिक्षा अध्ययन गर्न किन अनुमति नदिने रु”, उनले प्रश्न गरे ।
नेकपाकै रामलखन चमारले भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सरकारले धार्मिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले जनकपुर, त्रिवेणीधाम, लुम्बिनीलगायत क्षेत्रलाई जोड्ने गरी पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय जनता पार्टीका रमेश यादवले पूर्वाधार निर्माणका नाममा नागरिकलाई विस्थापित गर्न नहुनेमा जोड दिँदै प्रभावित बासिन्दालाई उचित मुआब्जा र जग्गा उपलब्ध गराउन माग गरे ।
नेपाली काँग्रेसका तारादेवी भट्टले सरकारले सङ्घीयता कार्यान्वयनमा तदारुकता देखाउन नसकेको आरोप लगाए । सत्ता सञ्चालन गर्ने व्यक्तिमा देखिएको एकात्मक सोचमा परिवर्तन हुने नसकेको उनको भनाइ थियो । “सङ्घीय व्यवस्थाप्रति प्रदेश सरकारले प्रश्न उठाउने अवस्था आएको छ, सङ्घ, प्रदेश तथा स्थानीय तहमा नेकपाको वर्चस्व भए पनि कामकारवाहीमा तालमेल भएको देखिएन”, उनले भने । नेपाली काँग्रेसका प्रकाश पन्थले वेद व्यासको जन्मभूमिलाई विकास गरी पर्यटन प्रवद्र्धनमा लगाउनुपर्नेमा जोड दिए । व्यासको जन्मभूमि वैदिक दर्शन अध्ययनको केन्द्र बन्न सक्ने उहाँको भनाइ थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: