लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।
आजको नागरिक दैनिकमा खबर छ - समितिले गरेको छानबिनबाट सो अस्पतालमा एकै रात तीन शिशुको मृत्यु भएको घटनामा चिकित्सकको चरम लापरबाही देखिएको छ। गत पुस १८ गते शुक्रबार राति अस्पतालमा प्रसूतिका लागि पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइत बस्दै आएकी जानकी यादवले चिकित्सकको लापरबाहीका कारण आफ्ना शिशु (छोरा) गुमाएका थिए।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अनुसार शल्यक्रियामा संलग्न डा। सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलेको छ। छानबिनका क्रममा अपतालका प्रमुख चिकित्सक पशुपति चौधरीले भने डा। बिराजी अस्पतालमा कार्यरत नै नरहेको बयान दिए पनि समितिले छानबिनको क्रममा बिराजी अस्पतालमै कार्यरत रहेको प्रमाण फेला पारेको छ।
अस्पतालले डा। रञ्जिता जयसवालले शल्यक्रिया गरेको दाबी गर्दै आएको छ। तर, छानबिन टोलीले जयसवाल पुस १८ गते बिदामा रहेको हाजिरी रजिस्टर फेला पारे पनि उनले अर्को दिन आएर जाँच पुर्जामा र अन्य फाइलमा हस्ताक्षर गरेको तथ्य फेला परेको छ। अस्पताल प्रमुख डा। चौधरी र उनका छोरा डा। सुभाष स्वास्थ्य जाँचका लागि भन्दै भारततर्फ गएका छन्।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्रीका अनुसार छानबिन समितिको प्रतिवेदन माघ ३ गते प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। ‘पीडित पक्षले दिएको जाहेरी सोमबार दर्ता गरिएको छ,’ उनले भने। इलाजसम्बन्धी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको उनले जानकारी दिए। ‘प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ डिएसपी क्षेत्रीले थपे, ‘प्रतिवादीहरू फरार छन्, चाँडै पक्राउ पर्छन्।’ समितिले अस्पतालको नवीकरण भएनभएको, कार्यरत डाक्टरहरूको योग्याता, एनएमसी (नेपाल मेडिकल काउन्सिल) को प्रमाणपत्र भए नभएको, शुक्रबार ड्युटीमा रहेका डाक्टर, स्वास्थ्यकर्मीको नामावलीलगायत प्रश्नको लिखित जवाफ अस्पताल पक्षसँग लिएको छ।
जानकीका पिता घुरन यादव, प्रमिलाका पति लालबहादुर यादव र संगीताका पति मनोज साहले पुस २१ गते (सोमबार) लहान प्रहरीमा जाहेरी दिएका थिए। उनीहरूले प्रहरीसमक्ष कारबाही अघि बढाउन सम्पूर्ण आधार प्रमाण पेस गरिसके पनि छानबिन समितिको प्रतिवेदन पर्खंदै प्रहरीले जाहेरी दर्ता गरी कारबाही अघि बढाएको थिएन। अस्पताल पक्षको प्रलोभनमा नपरी कानुनी उपचारको बाटो रोजेका आफूहरूलाई निसाफ दिलाउन प्रहरीको इमानदार कारबाहीलाई पीडित पक्षले नियालिरहेका छन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: