एजेन्सी । श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन्।
कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले त्यस्तो बताएका हुन् ।
उनको कार्यालयले जारी गरेको वक्तव्यमा आवश्यक औपचारिकता पूरा गरेपछि ती व्यक्तिहरूको मृत्यु प्रमाणपत्र बन्ने जनाइएको छ।
श्रीलङ्काको उत्तर र पूर्वी भागमा सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्।
धेरैले सन् २००९ मा गृहयुद्ध अन्त्य हुने बेला सेनासामु आत्मसमर्पण गरेका बेपत्ता व्यक्तिहरू सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा लिएका छन्, जसलाई सरकारले अस्वीकार गर्दै आएको छ।
के भएको थियो ?
श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएपछि त्यहाँको २६ वर्ष लामो द्वन्द्व समाप्त भएको थियो।
युद्धले श्रीलङ्कालाई जातीय रूपमा दुई भागमा विभाजित गरेको थियो। बौद्ध सिंहाला बाहुल्यता रहेको श्रीलङ्कामा तमिलहरूले छुट्टै राज्यको माग गर्दै आएका थिए।
द्वन्द्वमा अनुमानित एक लाख मारिएका थिए भने २० हजार बेपत्ता छन्। बेपत्ता रहेकाहरूमा धेरै तमिल छन्।
राष्ट्रपति राजपक्ष सन् २००९ ताका रक्षामन्त्री थिए र विद्रोहीहरू दबाउन उनले नेतृत्वकारी भूमिका निर्वाह गरेका थिए।
महिन्दा राजापक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका बेला गोताबय उनका रक्षामन्त्री थिए।
उनलाई सिंहाला समुदायले नायक मानेपनि तमिल समुदायले अविश्वास गर्छन्। द्वन्द्वको समयमा दुवै पक्षले अत्याचार गरेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।
तमिल विद्रोहीहरूलाई आत्मसमर्पणपछि र हिरासतमा हत्या गरेको थुप्रै विवरणहरू सार्वजनिक भएका छन् तर सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ।
सरकारले के भन्यो ?
राष्ट्रपति राजपक्षले संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरसँगको भेटपछि जारी गरेको वक्तव्यमा धेरैजस्तो बेपत्ताहरू तमिल टाइगर्सले भर्ती गरेको बताइएको छ।
\'राष्ट्रपति राजपक्षले बेपत्ता नागरिकहरूको विषयलाई सम्बोधन गर्ने आफ्नो योजना बताए। उनले ती बेपत्ताहरूको वास्तावमा मृत्यु भइसेको बताए,\' वक्तव्यमा लेखिएको छ।
बेपत्ताका परिवारहरूले यो पुष्टि गर्छन्। तर उनीहरूलाई बेपत्ताहरूलाई के भयो भन्ने थाहा नभएकोले बेपत्ता दाबी गरिरहेका छन्।
श्रीलङ्काको कानुन अनुसार मृत्युको प्रमाणपत्र नभएसम्म परिवारले चल-अचल सम्पत्तिमा दाबी गर्न पाउँदैनन् ।
संयुक्त राष्ट्रसङ्घ र अन्य मानव अधिकार संस्थाहरूले श्रीलङ्कालाई युद्ध अपराध ट्रिब्युनल स्थापना गरेर मानव अधिकार हननका घटनाहरू छानबिन गर्न दबाब दिइरहेका छन्।
तर श्रीलङ्काको सरकारले आफ्नो आन्तरिक मामिला भन्दै त्यस्तो गर्न अस्वीकार गर्दै आएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: