समाचार एजेन्सी Reuters का अनुसार १९ वर्षीय सुवेदी र क्यानडाली उद्यमी इब्राहिम हुसेन ले स्थापना गरेको कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर कस्टम चिप डिजाइन प्रक्रियालाई छिटो, सस्तो र सहज बनाउने लक्ष्य लिएको छ।
कम्पनीले विकास गरिरहेको प्रविधिले Broadcom र Marvell Technology जस्ता चिप डिजाइन कम्पनीहरूलाई एआई तथा क्लाउड कम्प्युटिङका लागि आवश्यक कस्टम चिप विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ। यस्ता चिपहरू Amazon Web Services (AWS) र Google Cloud जस्ता ठूला क्लाउड सेवा प्रदायकहरूले प्रयोग गर्ने गरेका छन्।
काठमाडौंको काँडाघारीमा हुर्किएका सुवेदीले अक्षरा स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेपछि आइबी युलेन्सबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। त्यसपछि उनी Harvard University मा अध्ययनका लागि पुगेका थिए। हार्वर्डमा एआईमार्फत कोड भेरिफिकेसनसम्बन्धी अनुसन्धान गरिरहेका बेला उनको भेट इब्राहिम हुसेन सँग भएको थियो।
हुसेनले भने किशोर अवस्थामै विद्यालय छाडेर उच्च शिक्षा सुरु गरेका थिए र पछि Apple तथा Tesla मा कस्टम चिप विकाससम्बन्धी काम गरेका थिए। दुवैले एआई र हार्डवेयरबीचको बढ्दो अन्तर देखेपछि अध्ययनलाई बीचमै रोक्दै नयाँ कम्पनी स्थापना गर्ने निर्णय गरेका थिए।
हाल Architect Labs को मुख्यालय Palo Alto मा रहेको छ। कम्पनीमा मेसिन लर्निङ र हार्डवेयर क्षेत्रमा कार्यरत करिब १८ विशेषज्ञ कर्मचारी छन्।
सुवेदीका अनुसार आज चिप डिजाइन प्रक्रिया अत्यन्त जटिल, महँगो र समयखर्ची छ। एउटा उन्नत चिप डिजाइन गर्न दुई वर्षसम्म समय लाग्न सक्छ भने अनुसन्धान र विकासमा करोडौं डलर खर्च हुने गर्छ। कम्पनीले यही प्रक्रियालाई एआईमार्फत सरल बनाउने लक्ष्य राखेको छ।
कम्पनीको लगानी चरणको नेतृत्व Kindred Ventures ले गरेको थियो। यसमा Race Capital, TQ Ventures र Together Fund लगायतका लगानीकर्ताको सहभागिता रहेको छ। साथै Google DeepMind का प्रमुख वैज्ञानिक Jeff Dean तथा OpenAI र NVIDIA का केही वरिष्ठ अधिकारीहरूले समेत कम्पनीमा लगानी गरेका छन्।
विश्वव्यापी एआई प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपाली युवाको सह–स्थापनामा रहेको कम्पनीले अरबौं डलरको चिप उद्योगमा प्रवेश गर्दै ठूलो लगानी आकर्षित गर्नु नेपाली प्रविधि क्षेत्रका लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: