Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

खडेरी र फौजी किराको दोहोरो मारमा धनकुटाका किसान

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान यतिबेला खडेरी र फौजी किराको दोहोरो मार खेपिरहेका छन्। पर्याप्त वर्षा नहुँदा मकैबाली कमजोर बनेको छ भने त्यसैको फाइदा उठाउँदै फौजी किराले खेतबारी नै सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन्।

सामान्यतया हरियालीले ढाकिनुपर्ने मकैबारी अहिले सुक्खा र उजाड देखिन थालेका छन्। लामो समयसम्म पानी नपरेपछि मकैका बिरुवा ओइलाउन थालेका छन् भने फौजी किराले पात, डाँठ र गुबोभित्र पसेर बोट नै नष्ट गरिरहेको किसानहरू बताउँछन्।

पाख्रीबास नगरपालिका–५ दियालेका किसान अम्बरबहादुर तामाङले १८ रोपनी क्षेत्रफलमा लगाएको मकै लगभग नष्ट हुने अवस्थामा पुगेको बताए। उनका अनुसार सुरुमा पातमा साना प्वाल देखिने, त्यसपछि पात सुक्दै जाने र अन्ततः पूरा बोट नै मर्ने समस्या देखिएको छ।

“पानी नपर्दा मकै कमजोर भयो, त्यसमाथि फौजी किराले भित्रैबाट खाइदियो,” उनले भने, “धेरै मेहनत गरेर लगाएको बाली खेतमै सकिने अवस्था आयो। अब त अर्को वर्षका लागि बीउसमेत जोगाउन गाह्रो पर्ने देखिन्छ।”

दियालेकै अर्का किसान हरिबहादुर निरौलाको पीडा पनि उस्तै छ। उनका अनुसार मकैमा फल लाग्ने समय आउँदा बोट नै नरहने अवस्था बनेको छ। “यो वर्ष त मकै किन रोपेछु भन्ने लागेको छ,” उनले भने, “उत्पादन त परको कुरा, बीउसमेत उठ्ने अवस्था छैन।”

मकै उत्पादनमा आएको गिरावटले किसानहरूलाई आर्थिक क्षति मात्र नभई खाद्य सुरक्षाको चिन्ता पनि थपेको छ। महालक्ष्मी र पाख्रीबासका धेरै परिवारको मुख्य खाद्यान्न नै मकै भएकाले उत्पादन घट्दा दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

स्थानीय किसानका अनुसार मकै मानिसको खानाका लागि मात्र होइन, पशुचौपायाको दाना र घाँसको प्रमुख स्रोत पनि हो। त्यसैले मकैबाली नष्ट हुँदा पशुपालन क्षेत्रसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।

किसानहरूले फौजी किराको नियन्त्रणका लागि गाउँस्तरमै प्राविधिक टोली परिचालन गर्न, विषादी वितरणलाई प्रभावकारी बनाउन र संयुक्त नियन्त्रण अभियान सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यता कृषि ज्ञान केन्द्र धनकुटाले भने फौजी किराको नियन्त्रणका लागि आवश्यक पहल भइरहेको जनाएको छ। केन्द्रका प्रमुख नगेन्द्रबहादुर रानामगरका अनुसार गत वर्षको तुलनामा यस वर्ष फौजी किराको प्रकोप कम छ। पछिल्लो समय विभिन्न स्थानमा वर्षा सुरु भएकाले समस्या पनि क्रमशः घट्दै गएको उनको भनाइ छ।

उनले प्रभावित क्षेत्रमा विषादी वितरण भइरहेको र बाली उपचारसम्बन्धी शिविर सञ्चालन गरिएको जानकारी दिए। यद्यपि सीमित जनशक्ति, दुर्गम भूगोल र किराको तीव्र फैलावटका कारण केही स्थानमा नियन्त्रण प्रयास अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे।

खडेरी र फौजी किराको संयुक्त असरले धनकुटाका किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ। समयमै वर्षा नभए र नियन्त्रणका उपाय प्रभावकारी नबने आगामी दिनमा उत्पादनमा ठूलो गिरावट आउन सक्ने चिन्ता स्थानीय किसानहरूले व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

तालीभन्दा चेतावनी धेरै : रास्वपा मञ्चबाट गगनले सुनाएको इतिहास, अहंकार र लोकतन्त्रको कथा

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...

चितवनमा सुकीला–मुकीलाहरूको जमघट !

चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending