महोत्तरी । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् ।
प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका क्रसर उद्योगहरुले गत आर्थिक वर्ष २०७५/७६ को स्टक (भण्डार) विवरण नदिएका हुँदा हाललाई सबै यस्ता उद्योग बन्द गर्ने निर्णय गर्नु परेको समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी जिल्ला समन्वय समिति महोत्तरीमा पठाउन भनिए पनि कतैबाट त्यस्तो जानकारी हालसम्म प्राप्त नभएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।
यद्यपि क्रसर र बालुवा प्रशोधन नाउँ राखेर नदी र नदी उकास जग्गामा उधुम मच्चाउँदै आएका यस्ता उद्योग तत्काल बन्द गरिने सिंहको भनाइ छ । जिल्लामा १५ स्थानीय तह रहे पनि उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धेरैजसो यस्ता उद्योग सञ्चालित छन् । अब माग गरिएको विवरण प्राप्त भएपछि सोको अध्ययनबाट मात्र सबै प्रक्रिया पूरा गरेका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन सकिने संयोजक सिंहले स्पष्ट पारे ।
चुरे पहाडी शृङ्खला र नदी एवम् नदी उकास जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा, ढुङ्गाको अवैध उत्खनन बढेको गुनासो बाक्लिएसँगै गत वर्षदेखि नै जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले अनुगमन गर्दै आएका छन् । यद्यपि करिब ५० को सङ्ख्यामा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात नदिएरै उत्खनन कार्य जारी राखेका पाइएपछि अहिले त्यसमा कडाइ गरिन यस्ता उद्योग पूर्णरुपले बन्द गर्ने निर्णय बुधबार नै गरिएको संयोजक सिंहले बताए । उद्योगहरुको स्टक अवस्था बोर्डमा उल्लेख गरेर पारदर्शी गरिएपछि मात्र ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढ्नसक्ने समितिले जनाएको छ । सबै उद्योगको स्टक अवस्था सम्बन्धित स्थानीय तहले महिनामा दुईपटक प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउने परिपाटी बसाल्ने कुरा सुनिश्चित नगरिएसम्म अब उद्योग सञ्चालनको सम्भावना नरहेको समितिले जनाएको छ ।
जिल्लाका क्रसर उद्योगले कानूनी प्रक्रिया मिचेर रातारात उत्खनन गर्ने गरेका छन् । यो अवस्था देखिएपछि सबै स्थानीय तहलाई निश्चित समय तोकेर उज्यालोमा मात्र उत्खनन गर्नसक्ने व्यवस्थाको स्पष्ट निर्देशन सबै स्थानीय तहलाई दिएको सिंहले बताए । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । यस्ता उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति पनि हुँदै आएको छ । अवैध उत्खनन गर्नेहरुले यसको विरोध गर्नेलाई टिप्परले किचेर मार्ने दृष्टान्त छिमेककै ढल्केवरमा दुई साताअघि देखेका जिल्लावासी अहिले आतङ्कित भएका छन् । गत पुस २५ गते बिहान अवैध उत्खनन भइरहेको ठाउँमा सो रोक्न पुगेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: